Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

टोकियो – जापानी अर्थतन्त्र आर्थिक मन्दीमा फस्नबाट जोगिएको छ । पछिल्लो समय ओरालो लागेको अर्थतन्त्रमा सुधारको संकेत देखिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

संशोधित तथ्यांकअनुसार १ वर्ष अघिको सोही अवधिको तुलनामा सन् २०२३ को अन्तिम त्रैमासमा जापानको अर्थतन्त्र शून्य दशमलव ४ प्रतिशतले बढेको छ । योसँगै अर्थतन्त्र प्राविधिक मन्दीमा जानबाट जोगिएको छ । गएको महिना सार्वजनिक भएको प्रारम्भिक तथ्यांकले भने अर्थतन्त्र लगातार दोस्रो त्रैमासमा पनि खुम्चिएको देखाएको थियो ।

लगातार दुई त्रैमाससम्म अर्थतन्त्र खुम्चिनुलाई अर्थशास्त्रको भाषामा आर्थिक मन्दी भनिन्छ । तर पनि संशोधित तथ्यांक अर्थशास्त्रीहरूले अनुमान गरेको भन्दा चाहिँ कम हो । संशोधित तथ्यांकले चौथो त्रैमासमा अर्थतन्त्र करिब १ प्रतिशतले बढेको देखाउन सक्ने अनुमान गरिएको थियो ।

बीबीसीकाअनुसार डिसेम्बर त्रैमासमा कम्पनीहरूले आ-आफ्नो व्यवसायमा गरेको लगानीको आकार उच्च रहेको गत हप्ता अर्थ मन्त्रालयले प्रकाशित गरेको तथ्यांकले देखाएको छ । यो तथ्यांकपछि अर्थतन्त्र मन्दीमा जानबाट जोगिएको आशा बढेको थियो । हालैका त्रैमासहरूमा जापानको आर्थिक वृद्धिदर असमान देखिएको छ ।

छिमेकी चीनको अर्थतन्त्रमा आएको सुस्ती र घरेलु कार निर्माता कम्पनी दाइहात्सुको उत्पादन रोक्ने आदेशका कारण चालु त्रैमासमा जापानी अर्थतन्त्र पुनः खुम्चने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया