Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – अवसरको खोजी गर्दै विदेश जानेहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ । हरेक दिन एक हजार पाँच सयभन्दा बढी युवा जनशक्ति विदेशिने गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यही लहरोमा कुनै समय सोलुखुम्बु रोक्दिङका भलाकाजी राजभण्डारी पनि मिसिए । कुनै समय अवसर खोज्दै विदेश पुगे । २०६७ मा रोजगारीका लाग मलेसिया पुगेका उनले त्यहाँ करिब तीन वर्ष पसिना बगाए । उनलाई लाग्यो, त्यहाँ बगाउने पसिना गाउँमै बगाउन सक्ने हो भने धेरै काम गर्न सकिन्छ । यही सोचले स्वदेश फर्किएका उनी अहिले गाउँमै माछापालनमा रमाएका छन् ।

‘जागिरको खोजीमा म विदेश जाँदिनँ । एकपटक अञ्जानमा विदेश गइयो । विदेश के रहेछ र त्यहाँको दुःख के हो भन्ने बुझ्नै मौका पनि मिल्यो’, राजभण्डारी भन्छन्, ‘अहिले स्वदेशमै पुग्दो छ ।’

उनले माछापालनबाट मासिक सबै खर्च कटाएर एक लाख ५० हजार बचत भइरहेको जानकारी दिए । ‘दैनिक औसतमा १५ हजारको कारोबार हुन्छ । त्यसबाट पाँच हजार जति बचत हुन्छ’, उनी भन्छन् । सोलुदूधकुण्ड नगरपालिका- ४ रोक्दिङमा करिब चार रोपनी क्षेत्रफलमा निर्माण गरिएको पोखरीमा ‘ट्राउट’ माछापालन गर्दै आएका उनीसँग अहिले ४० हजारभन्दा बढी माछाका भुराहरु छन् । उनले माछापालनका लागि दश वटा पोखरी निर्माण गरेका छन् ।

‘विदेशबाट फर्किपछि अन्य काम गरिरहेको थिए । कमाइ पनि ठीकै थियो । कोरोना महामारीका कारण बन्दाबन्दी लागू भएपछि भने आम्दानी ठप्प भयो’, उनले भने, ‘सबै काम ठप्प भएपछि माछापालनको योजना बनाएको हुँ ।’ सुरुमा माछापालनको योजना सुनाउँदा धेरैले हुँदैन भन्ने गरे पनि अहिले माछापालनबाट आम्दानी हुन थालेपछि भने प्रशंसा गर्ने गरेको उनले सुनाए । ‘सोलुजस्तै चिसो ठाउँमा माछापालन हुन्न भन्ने धेरै थिए’, राजभण्डारी भन्छन् ।

राजभण्डारी अहिले दैनिक १८ घण्टासम्म माछापालनमै रमाउँछन् । २०७७ सालबाट सुरु गरेको माछापालनमा हालसम्म १ करोड लगानी भइसकेको छ । उनले माछापालनसँगै रोक्दिङमा होटल पनि सञ्चालन गरिरहेका छन् । माछा खरिद गरी लैजाने भन्दा पनि माछाका परिकार खान आउनेहरू धेरै रहेको उनको भनाइ छ । सदरमुकाम सल्लेरीबाट ट्राउट माछा खान आउनेहरू धेरै रहेको उनले सुनाए ।

फाल्लुका दिनेश राई खोलामा माछा पातलिँदै गएपछि मानिसहरू माछाको स्वाद लिन यहाँसम्म आउने गरेको बताउँछन् । ‘माछा खान रुचाउने मानिसहरूको सङ्ख्या बढ्दो छ । तर, खोलामा माछा हराउँदै गएका छन् । अब पालेको माछा खालुको विकल्प छैन,’ उनले भने ।

जिल्लामा ट्राउट माछा प्रतिकिलो एक हजार छ सयमा बिक्री भइरहेको छ । यहाँ उत्पादन हुने माछा लुक्ला, नाम्चेलगायतका क्षेत्रमा बढी खपत हुने गरेको उनको भनाइ छ । चिसो ठाउँमा हुर्किएको माछा उपभोक्ताले बढी रुचाउने गरेको राजभण्डारीको अनुभव छ ।

हाल जिल्लाको अन्य चार स्थानमा पनि व्यावसायिक माछापालन भइरहेको छ । तामाखानी, बेनी, साल्मे, सल्लेरीमा ट्राउट माछापालन भइरहेको हो ।

बजारको चिन्ता छैन
यहाँ उत्पादन हुने माछा जिल्लामै खपत हुने गरेको छ । राजभण्डारी माग नै धान्न नसकिने अवस्था रहेको बताउँछन् । यहाँ उत्पादन भएका माछाले माग धान्न नसकेर कतिपय होटलहरूमा बाहिरबाट समेत माछा ल्याउने गरिएको उनले बताए ।

माछापालनमा एउटा समस्या भने छ । माछालाई रातको समयमा वन्यजन्तुहरूले आक्रमण गर्ने गरेको साल्मेका व्यवसायी भानुभक्त श्रेष्ठले सुनाए । फार्ममा राति आउने सालकले एकैपटकमा धेरै माछाहरू मार्ने गरेको भाइकाजी राजभण्डारीको भनाइ छ ।

‘केही हप्ताअघि मात्रै मेरो फार्ममा एकैपटक एक सयभन्दा बढी माछाहरू टाउको नभएको अवस्थामा भेटिए । हामी अचम्ममा पर्‍यौँ’, उनले भने, ‘पछि सीसी क्यामरा राखेपछि पोखरीको माछा सालकले खाने गरेको भेटियो ।’ रातको समयमा खोलाबाट आउने सालकले पोखरीमा प्रवेश गरी माछाको टाउको खाने गरेको पाइएको उनले बताए ।

सालकले माछाको टाउको मात्रै खाने गरेको व्यवसायी कमल मगर बताउँछन् । राजभण्डारीले सीसी क्यामेरामा साइरन जडान गरेको र केही वस्तु पोखरीमा छिर्ने बित्तिकै साइरन बज्ने गरेको सुनाए । माछापालनमा वर्षातको समयमा आउने भलले पनि समस्या हुने गरेको छ ।

जिल्लामा ट्राउटका लागि आवश्यक दाना ढुवानी चुनौतीपूर्ण छ । जिल्लामा दाना उत्पादन नहुने र दानाका लागि काठमाडौंबाट ल्याउनुपर्ने हुँदा महँगो पर्ने गरेको छ । काठमाडौंबाट दाना आयात गर्दा प्रतिकिलो दुई सय ६६ पर्ने गरेको छ । -रासस

तपाईको प्रतिक्रिया