Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – आइसीसी विश्वकप लिग २ अन्तर्गतको पहिलो सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्याण्डलाई १७३ रनको मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९.३ ओभरमा १७२ रनमा अलआउट भयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान गरे । उनले ९३ बलमा ८ चौकाको मद्दतले ६६ रनको अर्धशतकीय पारी खेले । यो उनको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको आठौँ अर्धशतक रहेको छ । त्यस्तै नेपालका लागि करण केसीले २६ रन बनाउँदै आउट भए । आरिफ शेखले २२ रनको योगदान गर्दा आशिफ शेखले १७ तथा कप्तान रोहित पौडेलले १६ रन बनाए । नेपालका अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नेदरल्याण्डका लागि भिभियन किंग्मा र आर्यन दत्तले समान तीन तीन विकेट लिए । बस डि लिडे दुई विकेट लिँदा रोइलफ भान डेर मेर्वाको नाममा एक विकेट रह्यो । नेपालले खेलेका तीन खेलमा एक खेलमा जित र दुई खेलमा पराजित भएको छ । नेपालले नामिबियासँगको दुवै खेलमा पराजित भएको थियो भने नेदरल्याण्डसँगको खेलमा जित निकालेको थियो ।

तपाईको प्रतिक्रिया