Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई धरौटी लिएर थुना बाहिरै बसेर अनुमति दिँदै पुनरावेदन निवेदन दर्ता गरेको छ । अदालतका रजिष्ट्रार मानबहादुर कार्कीले थुना बाहिरै बस्ने आदेश गर्दै अनुमति दिएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सन्दीपले काठमाडौं जिल्ला अदालतलाई दिएको २० लाख रुपैयाँ धरौटीले नै थाम्ने देखिँदा सुरुमा राखेको धरौटीलाई कायम गरिदिएको आदेश छ । सन्दीपलाई ८ वर्ष कैद पठाउने जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेका हुन् । सन्दीपले आफू थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने मागसहित उनका कानुन व्यवसायीले निवेदन दर्ता गराएका हुन् ।

काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय र ५ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले पुस १३ मा जबरजस्तीकरणी भएको ठहर गर्दै पुस २४ मा सजाय तोकेको थियो ।

तपाईको प्रतिक्रिया