Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

धनगढी – धनगढीका लागि टिभिएसको आधिकारिक बिक्रेता बागेश्वरी अटोमोटिभ्सले टिभिएस कम्पनीको दुईवटा मोटरसाइकल सार्वजनिक गरेको छ । टिभिएस मोटर्स नेपालको एकमात्र बिक्रेता जगदम्बा मोटर्सले टिभिएस रोनिन र टिभिएस आपाचे आरटिआर १६० भी फोर एफ आईको काठमाडौंमा सार्वजनिक गरेपछि धनगढीमा पनि शुक्रबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक दीपक मल्ल र बागेश्वरी अटोमोटिभ्स धनगढीका सञ्चालक प्रेम साउँदले संयुक्तरुपमा दुई मोटरसाइकलको सार्वजनिक गरेका हुन् । उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ, एसिमेट्रिक स्पिडोमिटर र टी–फेस एलइडी हेडल्याम्पका साथ तयार गरिएको टिभिएस रोनिनमा नेपाली राइडरहरुलाई लक्षित गरेर असाधारण सुविधा समेटिएको बागेश्वरी अटोमोटिभ्स धनगढीका सञ्चालक साउँदले जानकारी दिए ।

उनका अनुसार टिभिएस रोनिनमा २२५ सिसीमा चारवटा भल्भ, एकल सिलिन्डर इन्जिन रहेको छ, जसले २०.४ पिएस ७७५० आरपिएमसम्मको अधिकतम पावर र १९.९ एनएम ३७५० आरपिएम पिक पावर प्रदान गर्छ । डुअल च्यानल एबिएसको साथ यसको डिस्क ब्रेकहरुले राइडरहरुलाई सुरक्षित र स्थिर स्टप सुनिश्चित गर्दछ ।

आपाचे आरटिआर १६० भी फोर एफ आईको विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलोपटक विभिन्न थप फिचरसमेत उपलब्ध गराएको उनले बताए । सर्वाधिक शक्तिशाली फ्युल इन्जेक्टेड १५९.७ सिसी इन्जिनका साथमा श्रेणीकै पहिलो राइड मोड्स, टिभीएस स्मार्ट कनेक्ट र ग्लाइड थ्रो प्रविधिलगायत विशेषता सुसज्जित स्पोर्ट्स मोटरसाइकल टिभीएस आपाचे आरटिआर १६० अद्वितीय डिजाइनमा तयार पारिएको उनको भनाइ छ ।

नेपाली बजारमा सार्वजनिक यी दुबै बाइक हरेक मौसम र बाटोको अवस्थालाई विशेष ध्यानमा राखेर ‘राइड मोड्स’का साथै ‘रेस इनेबल्ड कनेक्टिभिटी’का लागि ‘टीभीएस स्मार्ट कनेक्ट’को सुविधा समेत उपलब्ध छ । सो कार्यक्रमको अवसर पारेर उक्त मोटरसाइकल खरिदकर्तालाई पनि आकर्षक उपहार प्रदान गरिनुका साथै टिभिएसको चाबी हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया