Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – नेपालले एसीसी महिला प्रिमियर कप २०२४ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । बुधबार मलेसियाको बांगीमा भएको क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गर्न सफल भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालले अब सेमिफाइनलमा घरेलु टोली मलेसियाको सामना गर्नेछ । वर्षाका कारण प्रभावित खेलमा नेपालले १२ ओभरमा ५० रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले ६.५ ओभरमा पूरा गरेको हो । त्यसअघि कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ७३ रन जोडेको थियो ।

नेपालका लागि बलिङतर्फ ह्याट्रिक लिएकी सीता रानामगरले ब्याटिङतर्फ १७ रन जोडिन् । त्यस्तै कप्तान इन्दु वर्मा २१ बलमा २२ रन जोड्दै नटआउट रहिन् । कविता कुँवर १ रनमा रनआउट हुँदा कविता जोशीले एक बल खेल्दै चौका प्रहार गरेकी थिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेतलाई मध्यम योगफलमा रोक्न नेपालका लागि सिता राना मगरले ४ ओभरमा ११ रन दिँदै ह्याट्रिक सहित ३ विकेट लिन सफल भइन् ।

सिताले १३औ ओभरमा ह्याट्रिक लिए लिएकी थिइन् । उनले १३औं ओभरको दोस्रो बलमा ओपनर प्रियादा मुरलीलाई ३३ बलमा २९ रन बनाएको अवस्थामा आउट गरिन् । तेस्रो बलमा मर्यम ओमार काजल श्रेष्ठद्वारा स्टम्प आउट भईन् । यस्तै चौथो बलमा कुवेतकी कप्तान अम्ना शरिफलाई पनि आउट गर्दै सिताले ह्याट्रिक लिन सफल भईन् ।

रुबिना क्षत्रीले ४ ओभरमा १० रन दिँदै २ विकेट लिँदा कबिता कुँवरले ४ ओभरमा ९ रन दिएर २ विकेट नै लिईन् । कुवेतका लागि प्रियादाले नै सबैभन्दा धेरै रन प्रहार गरेकी थिइन् । यस्तौ शान्थी बलासुब्रमनियन र खादिजा खलिलले समान १३-१३ रन बनाउन सफल भए । अन्य ब्याटरले दोहोरो अंक पनि बनाउन सकेनन् ।

नेपालले समूह चरणमा हङकङ, भुटान र माल्दिभ्समाथि जित निकालेको थियो । सेमिफाइनलमा नेपाल र मलेसिया भिड्दा अर्को सेमिफाइनलमा यूएई र थाइल्याण्ड खेल्दैछन् । फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्ने छन् । एसिया कप २०२४ सेप्टेम्बरमा हुनेछ ।

तपाईको प्रतिक्रिया