Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – दक्षिण अफ्रिकामा भएको एकदिवसीय क्रिकेटमा सहभागी भइ नेपाली यु—१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो। यु १९ विश्वकपमा नेपाल सुपर सिक्ससम्म पुगेको थियो। समूह चरणमा नेपालले न्युजिल्याण्ड र पाकिस्तानसँग हार व्यहोर्दा अफगानिस्तानलाई पराजित गरेको थियो।

त्यस्तै सुपरसिक्समा बंगलादेश र भरतसँग पराजित भएको हो। विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली यु १९ टिमका कप्तान देव खनालले समग्रमा खेल राम्रो भएको बताए। उनले नयाँ नयाँ खेलमा नयाँ कुरा सिक्न पाएको बताए। विश्वकप एउटा सपना हुने भन्दै उनले विश्वकपमा नेपालले ब्याटिङमा राम्रो गर्न सकेको भए केही नतिजा आफ्नो पक्षमा आउने बताए।

उनले विश्वकपमा आकाश चन्द, सुवास भण्डारी र अर्जुन कुमालको प्रस्तुति समग्रमा राम्रो भएको र गुल्शन झाको प्रस्तुति भने बलिङमा राम्रो भए पनि ब्याटिङमा राम्रो हुन नसकेको बताए। उनले गुल्शन झा नेपालको लागि कस्तो खेलाडी हो? भन्नेकुरा सबैलाई थाहा भएको भन्दै सधैँ खेलाडीहरु राम्रो खेली नै रहन्छन् भन्ने नहुने बताए। उनले विश्वकपमा राम्रो स्टार्ट पाएर पनि ठूलो स्कोर बनाउन नसक्दा भने नरमाइलो लागेको बताए।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया