Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ मंगलबार राति जापानको टोकियो प्रस्थान गरेका छन् । जापान स्पोर्ट्स काउन्सिल (जेएससी) को निमन्त्रणमा घिसिङ, राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक कृष्णप्रसाद तिमिल्सिना र सदस्यसचिवको सचिवालयकी सुलोचना सिजाख्वासहित ३ सदस्यीय टोली जापान प्रस्थान गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापानमा रहँदा राखेप र जेएससीका पदाधिकारीबिच दुई पक्षको सहकार्य सम्बन्धमा हुने बैठकमा सदस्य-सचिव घिसिङ सहभागी हुने छन् । साथै जेएससी मातहतका हाइ पर्फमेन्स सेन्टर, जापान स्पोर्ट्स साइन्स, स्पोर्ट्स फर टुमोरो कार्यक्रमको अवलोकन पनि गर्ने छन् । त्यसपछि सदस्य-सचिव घिसिङ दक्षिण कोरियाको सिओलमा फेब्रुअरी ६ तारिखमा हुने ग्लोबल स्पोर्ट्स टुरिजम प्लेनममा सहभागी हुनुका साथै कार्यक्रमलाई सम्बोधन समेत गर्ने छन् । सिओलको कार्यक्रममा सदस्य-सचिव घिसिङ मात्र सहभागी हुने छन् ।

जापान प्रस्थान गर्नुअघि सदस्य-सचिव घिसिङले राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरी भ्रमणको उद्देश्य र एजेन्डा बारे जानकारी गराएका थिए । भ्रमणको विषयमा सदस्य-सचिव घिसिङले राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पनि भेट गरी जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया