Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – दक्षिण कोरियाले मासिक ३ लाख रूपैयाँ पारिश्रमिक हुने गरी नेपालबाट श्रमिक लैजाने तयारी गरेको छ । दक्षिण कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सवको अवसरमा यस्तो जानकारी दिइएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अहिले दक्षिण कोरियामा नेपालीहरुले मासिक दुई लाख रूपैयाँसम्म पारिश्रमिक पाइरहेका छन् । ‘दक्षिण कोरियामा लाखौंको संख्यामा नेपालीहरूले काम गरिरहेका छन्, मासिक दुई लाख रूपैयाँसम्म पारिश्रमिक पाइरहेका छन्,’ मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले भने, ‘उहाँहरूले मासिक ३ लाख रूपैयाँ माथि पारिश्रमिक दिने गरेर यहाँबाट नेपाली लैजाने प्रस्ताव गर्नु भएको छ, हामीहरूले कार्यविधि बनाइरहेका छौं ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री नारायण प्रसाद (एनपी) साउदले नेपालमा हुन्डाई लगायतका कोरियाली कम्पनीहरूलाई नेपाल आउन आग्रह गरे । उनले वैशाखमा नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनमा सहभागिता जनाउन कोरियाली लगानीकर्ताहरूलाई आह्वान समेत गरे ।

नेपालमा लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले दुई मुलुकबीचको ५० वर्षको सम्बन्धलाई संयुक्त समृद्धिको लागि अनुकूल हुनेगरी आगामी दिनमा थप बलियो बनाउने बताए । कार्यक्रममा दक्षिण कोरियाबाट फर्किएर उद्यम गरिरहेकाहरूको कथामा आधारित ‘तपाई पनि मालिक बन्न सक्नुहुन्छ’ शीर्षकको पुस्तक समेत अनावरण गरिएको छ ।

तपाईको प्रतिक्रिया