Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – वीरगंजस्थित कृषि औजार कारखाना चलाउनका लागि महावीर पुन आफैले लेखेको पुस्तक बेचेरै १ करोड ८० लाख रुपैयाँ संकलन गरेका छन् । पुनले आफ्नै जीवन समेटेर ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक लेखेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रति पुस्तक ७ सय ५० रुपैयाँमा बिक्रि गर्दै आएको पुस्तक हालसम्म २४ हजार प्रति विक्रि भईसकेको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ । केन्द्रको सहयोगार्थ वैज्ञानिक डा महावीर पुन पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम महाअभियानमा निस्कएका छन् । तीस वर्षदेखि बन्द रहेको वीरगंज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानमा पुन लागेका छन् ।

दुई सातादेखि देश दौरानमा रहेका पुन नौ महिनाको समय लगाएर बन्द रहेको कारखानालाई मर्मत गरी सञ्चालन गर्ने वातावरण बनाई सकेका छन् । सरकारले कारखाना सञ्चालनका लागी रकम नदिएका कारण कृषि औजार उत्पादनका लागि आर्थिक स्रोत जुटाउन पुस्तक प्रकाशित गरी आफैले बिक्री गर्दै आएको उनी बताउँछन् ।

देशव्यापी अभियान रहेकाले बैतडी, महेन्द्रनगर, धनगढी, नेपालगञ्जबाट बुटवल चितवन, वीरगञ्ज, जनकपुर, काँकडभिट्टा, पाँचथर, मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौँ पुग्ने योजना पुनको छ । करिब तीन लाख पुस्तक बिक्री भएको अवस्थामा कृषि औजार कारखाना सञ्चालनमा ल्याउन सकिने उनको विश्वास छ ।

तपाईको प्रतिक्रिया