Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

टोकियो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको १३ औँ अधिवेशन तथा ६७ औँ नियमित साहित्य शृङ्खला टोकियोमा एक भव्य साहित्यिक समारोहका बिच सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रविन शर्माको अध्यक्षता तथा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले २०२३ देखि २०२५ का लागि अरुण पौडेलको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा आनन्द अधिकारीसहित उपाध्यक्षमा दीपा घिमिरे र शरद पोख्रेल रहेका छन् । महासचिवमा अनिलकुमार निर्दोष निर्वाचित भएका छन् भने कोषाध्यक्षमा मञ्जु गिरी वन र सहकोषाध्यक्षमा सरिता चौधरी निर्वाचित भए । सचिवमा केबी पारखी, मनोज मौसम केसी र संगिता कुँवरलाई निर्वाचित गरिएको छ ।सदस्यहरूमा नारायण पोख्रेल, सरोज घिमिरे, बिनिशा सापकोटा, सुरज हुक्पा चोङ्वाङ, भगवती क्षेत्री, सुविन न्यौपाने,यमलाल कँडेल, केशव ज्ञवाली, प्रेम पौडेल निर्वाचित भएका छन् भने नयाँ कार्यसमितिको पहिलो बैठकले दुई जना सदस्य मनोनयन गर्ने जानकारी संस्थाका संरक्षक तथा निर्वाचन समितिका संयोजक दिनेशराज ज्ञवालीले जानकारी दिए ।

कार्यक्रममा उपस्थित दर्जन बढी सर्जकहरूले आ आफ्ना रचना वाचन गरेका थिए । संस्थाका संरक्षक तथा निवर्तमान केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’ले अनेसास जापानको विगत, वर्तमान र भविष्य विषयमा आफ्नो टिप्पणी राखेका थिए । पूर्वअध्यक्ष आलोक चालिसे, दिनेशराज ज्ञवाली, पूर्व अध्यक्ष तथा बिओटी उपसभापति विष्णुप्रसाद घिमिरे, पूर्व अध्यक्ष तथा केन्द्रीय सचिव दीप पाठक, पूर्व अध्यक्ष गिरिजा गैह्रे लगायतले आआफ्ना रचना वाचनसहित पुरानो कार्यसमितिलाई सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकामा हार्दिक बधाई दिँदै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए ।संस्थाको १३ औँ अधिवेशनको अवसर पारेर नेपाली पत्रकारिताका माध्यमबाट अनेसासलाई विभिन्न तरिकाले सहयोग पुराएको भन्दै जापानमा क्रियाशील पत्रकारहरूलाई कदरपत्रले सम्मान गरिएको थियो । अनेसास जापानको मुखपत्र साकुरा फुल्दा-७ बालबालिका विशेषको विमोचन गरिएको थियो । करिब ६ घण्टासम्म चलेको कार्यक्रममा १०० भन्दा बढी साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण शरद पोख्रेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया