Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मार्फत सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट मलेसियन कम्पनी आजिएटा समूह बाहिरिने भएको छ । व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कम्पनीले आफ्नो ८० प्रतिशत स्वामित्त्व भएको ‘एनसेल’ बिक्रीमा राख्नेसमेत निर्णय गरेको आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले प्रतिक्रिया दिएका छन् । ‘नेपालको परिप्रेक्ष्यमा चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको हो,’ आजियाटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तदनुसार एनसेललाई बिक्रीका लागि राखिएको छ ।’

यो कदमले आजियाटालाई आफ्नो रणनीतिक प्राथमिकताहरू पूरा गर्न अझ बलियो स्थितिमा ल्याउने कम्पनीको विश्वास छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो निर्णय हाम्रा सबै शेयरहोल्डरको दीर्घकालीन हितमा छ ।’ २०२३ को तेस्रो त्रैमासिकमा एनसेलको आम्दानीमा ८ प्रतिशत गिरावट आउँदा कम्पनीको वार्षिक आम्दानी (YTD) ६.४% ले घटेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै अर्निङ बिफोर इन्ट्रेस्ट एन्ड ट्याक्स (EBIT) ११.४ प्रतिशले घटेको छ भने प्रोफिट आफ्टर ट्याक्स एन्ड माइनोरिटी इन्ट्रेस्ट (PATAMI)४७.७ प्रतिशतले घटेको कम्पनीको निष्कर्ष छ ।

नेपालमा व्यावसायिक परिदृश्य कुन हिसाबले चुनौतीपूर्ण रहेको छ भन्ने विषयमा भने केही पनि खुलाइएको छैन । दूरसञ्चार क्षेत्रका जानकारहरूले भने एनसेलको सकिनै लागेको अनुमतिपत्रको मुद्दा, नवीकरणका लागि चाहिने ठूलो धनराशि र दूरसञ्चार कम्पनीको घट्दो आम्दानीका कारण आजिएटा बाहिरिएको अनुमान गरेका छन् । १६ भदौ २०६१ मा एनसेलले जीएसएम मोबाइल सेवाका लागि अनुमति प्राप्त गरेको थियो ।

तपाईको प्रतिक्रिया