Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – चीनमा नयाँ महामारी फैलिएको संकेत देखिएको छ । कोरोना भाइरस महामारीको प्रभावबाट विश्व राम्रोसँग तङ्ग्रिन नसकिरहेका बेला चीनमा फेरि अर्को महामारी फैलिएको संकेत देखिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

समाचार संस्था अलजजिराका अनुसार चीनका कैयौं अस्पतालमा एक रहस्यमयी रोगका बिरामीको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । नयाँ महामारी फैलिन लागेको हो कि भन्ने खबरहरूले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को चिन्ता बढाइदिएको छ । यो रोग खासगरी विद्यालयका बच्चाहरूमा देखिएको बताइएको छ । यो महामारी निमोनियासँग मिल्दोजुल्दो छ ।

तर यसका कैयौं लक्षण निमोनियाभन्दा अलग छन् । यसको चपेटामा आएका बच्चाको फोक्सो सुन्निएको छ । उच्च ज्वरो, खोकी, रुघा र सास फेर्न गाह्रो हुने जस्ता समस्याहरू पनि देखिएको छ । रहस्यमय निमोनियाका अधिकांश बिरामी चीनको उतरपूर्वी बेइजिङ र लियाओनिङ लगायत सहरहरूमा उपचाररत छन् । रोग बढ्दै गएपछि सरकारले विद्यालय नै बन्द गर्ने तयारी गरिरहेको पनि बताइएको छ ।

यो रोगबारे अनलाइन मेडिकल समुदाय प्रोमेडले अलर्ट जारी गरेको छ । कोभिडबारे पनि सुरुमा यही संस्थाले अलर्ट जारी गरेको थियो । यो रोगको प्रकोप कहिलेदेखि सुरु भयो भनेर स्पष्ट नभएको संस्थाले बताएको छ । बच्चाहरूबाट रोग वयस्कमा सरेको भने नभेटिएको प्रोमेड अलर्टले बताएको छ ।

रहस्यमयी रोगबारे खबरहरू आउन थालेपछि डब्लयूएचओले चीन सरकारसँग विस्तृत जानकारी मागेको छ । यो रोगबारे चीनले यही नोभेम्बर १३ मा स्थानीय सञ्चार माध्यमहरूलाई बताएको थियो । उत्तरी चीनमा अहिले व्याप्त यो रोग चिनियाँ अधिकारीहरूले यसअघि रिपोर्ट गरेको रोगसँग सम्बन्धित छ कि छैन भन्ने स्पष्ट भइसकेको छैन ।

तपाईको प्रतिक्रिया