Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

काठमाडौं –  नेपाल प्रहरीको साइबर ब्यूरोले भीपीएन र डीएनएसको प्रयोगले आर्थिक दुरुपयोगका घटना बढेको बताएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै ब्यूरोले भीपीएन र डीएनएस प्रयोग गरी टिकटक नचलाउन अनुरोध गरेको छ।

असुरक्षित माध्यमबाट टिकटक चलाउँदा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण डेटा चोरी भइरहेकोसमेत ब्यूरोले जननाएको छ। ‘भीपीएन र डीएनएसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण डाटा, ब्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको समेत पहुँच पुर्‍याई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले समेत बढिरहेको पाइएको छ,- ब्यूरोले भनेको छ, ‘प्रविधिको दुरुपयोग गरी प्रयोग नगर्न नगराउनू हुन सबैमा नेपाल प्रहरी साइबर ब्यूरो अनुरोध गर्दछ।’

नेपालमा टिकटक प्रयोगमा निषेध गरेको भन्दै ब्यूरोले सरकारको निर्णय पालना गर्न आग्रह गरेको छ। विद्युतीय स्वरुपमा गैरकानूनी कुरा सम्प्रेषण गर्ने, सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै व्यक्तिको चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने गरेको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।***

 

 

 

 

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया