Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ६८ पैसा तय गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसअघि गत कात्तिक २५ गते १ डलरको बिक्री दर उच्च विन्दुमा पुगेको थियो । त्यस दिन एक डलरको भाउ १३३ रुपैयाँ ६५ पैसा पुगेको थियो । आजको लागि एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

भारतीय मुद्रा कमजोर हुँदा डलर महँगिएर नेपाली रुपैयाँ सबैभन्दा सस्तो स्तरमा झरेको हो । नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर छ । नेपाली १६० रुपैयाँ बराबर भारु १०० रुपैयाँ छ । यही कारण भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि सस्तिन्छ । एक डलर बराबर ८।३२ भारु तय भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिदमा भने १४५ रुपैयाँ ६२ पैसा र बिक्रीमा १४६ रुपैयाँ २७ पैसा पाइन्छ । त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ३९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७९ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ०८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५२ पैसा पाइन्छ ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५२ पैसा तोकिएको छ । कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६७ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा तोकेको छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९ रुपैयाँ ०५ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ २९ पैसा र बिक्री दर १० रूपैयाँ ३३ पैसामा खरिदबिक्री गर्न सकिनेछ । युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ २३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४० पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ६० पैसा र बिक्रीमा २८ रुपैयाँ ७३ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिदमा ४३२ रुपैयाँ ०५ पैसा र बिक्रीमा ४३४ रुपैयाँ पाइन्छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६० पैसा तोकिएको छ ।

तपाईको प्रतिक्रिया