Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – हिमालय एयरलाइन्सले चीनमा आफ्नो गन्तव्यमा उडान विस्तार बढाउँदै लगेको छ । नेपाल र चिनियाँ लगानीको हिमालय एयरलाइन्सले काठमाडौं-सांघाई-काठमाडौं उडान सुरु गर्न लागेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अमेरिकाको न्युयोर्कपछि चीनको सांघाई विश्वकै ठूलो आर्थिक केन्द्र मानिन्छ । सांघाईमा विश्वका ठूलठूला कम्पनीका कार्यालयहरू रहेका छन् । हिमालय एयरलाइन्सको सांघाई उडानले नेपाललाई विश्वको दोस्रो ठूलो आर्थिक केन्द्रसँग सिधै जोडेको छ, जसबाट नेपालले आर्थिक तथा व्यावसायीक लाभि लिन सक्नेछ ।

हिमालय एयरलाइन्सका अनुसार डिसेम्बर २ बाट नियमित उडान सुरु गर्ने जनाएको छ । एयरलाइन्सले काठमाडौं–संघाई उडान नेपाल र चीनबीच कनेक्टिभीटी बढाउने सहयोग पुग्ने बताएको छ ।

हिमालयले सुरुमा हप्ताको एक उडान गर्ने र डिसेम्बर २७ पछि हप्ताको २ उडान गर्ने जनाएको छ । हरेक बुधबार र शनिबार उडान गर्ने छ । कम्पनीले हाल बेइजिङ र क्विङडाओमा नियमित उडान गरिरहेको छ । जनसंख्याको हिसाबले चीनको राजधानी बेइजिङ भन्दापनि ठूलो सहर सांघाई हो । डिसेम्बर भित्रै चोङक्विङमा उडान गर्ने तयारी गरेको छ । ‘डिसेम्बर २ बाट सांघाईमा नियमित उडान हुन्छ,’ हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘डिसेम्बर अन्तिमबाट चोङक्विङसहित ४ वटा गन्तब्यमा नियमित उडान हुन्छ ।’

हिमालय एयरलाइन्ले सांघाई-काठमाडौंमा मुख्यत चिनियाँ पर्यटक हुने विश्वास गरेको छ । कोभिड माहामारीको समयमा चीनबाट पर्यटक आगमन घटेकोमा २०२३ मा पर्यटक आगमन बढ्दै गएको छ । अक्टुबरमा चीनबाट ६ हजार ८८० पर्यटक नेपाल भित्रिएका थिए । ‘सांघाई व्यावसायिक सहर हो । मुख्यत चिनियाँ पर्यटक नै बढी यात्रु हुन्छन् । दोस्रोमा व्यवसायी हुन्छन्,’ श्रेष्ठले भने, ‘यात्रुको आउजाउ बढ्दै गएकाले नयाँ गन्तव्यमा यात्रुको कमि हुँदैन ।’

तपाईको प्रतिक्रिया