Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

हाङझाउ – तीन वर्षपछि जापानको आइची नागोयामा भेट्ने बाचा गर्दै चीनको हाङझाउमा जारी एसियाली खेलकुदको महाकुम्भ १९औं एसियाली खेलकुद (एसियाड) समापन भएको छ । हाङझाउ स्थित ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा आइतबार साँझ भब्य समारोहबिच एसियाडको समापन गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

समापन समारोहमा सन् २०२६ मा आयोजना हुने २०औं संस्करण लागि ओलम्पिक काउन्सिल अफ एसियाका एक्टिङ प्रसिडेन्ट राजारणधीर सिंहले जापानको आइचीका गर्भनर हिदेकी ओमुरा र नागोयाका डेपुटी मेयर हिदेओ नाकातालाई ओलम्पिक काउन्सिल अफ एसियाको झण्डा हस्तान्तरण गर्नुभएको थियो ।

१९औँ संस्करकण समापन भएको घोषणा भने चीनका प्रधानमन्त्री लि च्याङले गर्नुभएको थियो । ओसिएका एक्टिङ प्रेसिडेन्ट सिंहले १९औँ एसियाड सफलतापूर्वक सम्पन्न भएको बताउँदै चीन परफेक्ट होस्ट भएको र ओसिएले यो क्षण कहिल्यै नबिर्सने बताउनुभयो । ‘खेलकुदलको शक्ति र एसियन गेम्सको शक्तिले सबैलाई एकजुट बनाएको छ,’ उहाँले न्नुभयो, ‘एसियन गेम्सको भव्य सफलताको लागि चीन सरकार, चीन ओलम्पिक कमिटी र हान्झाउको जनतालाई धेरै धेरै धन्यवाद ।’

यस्तै चीनिया ओलम्पिक कमिटी तथा हाङझाउ अर्गनाइजिङ कमिटीका अध्यक्ष गाओ जिदानले १९औं एसियाड भव्य रुपमा सफल भएको भन्दै सबैलाई धन्यवाद दिनुभयो ।समापन समारोहमा एसियाडमा सहभागी ४५ वटै देशका खेलाडी र अफिसियलले मार्चपास गरेका थिए । साथै समापनमा विभिन्न रोचक प्रस्तुती र झाँकी समेत प्रस्तुत गरिएको थियो ।

कोरोना भाईस कोभिड-१९ महामारीका कारण तोकिएको समय भन्दा एक वर्षपछि आयोजना गरिएको यस एसियाडमार्फत चीनले आफू सुरक्षित र शक्तिशाली भएको सन्देश समेत दिएको छ । चीनले पदक तालिकामा समेत सर्वाधिक दुई सय एक स्वर्ण जित्दै आफ्नो शक्तिलाई कायम राखेको छ ।आयोजक चीनले उद्घाटन जस्तै समापन समारोहलाई पनि भब्य बनाएको थियो । आयोजनाको हिसावले यस एसियाड अहिलेसम्मकै ठूलो एसियाली खेलकुद प्रतियोगिता हो । खेलाडी सहभागिताको हिसावले यसलाई हालसम्मकै ठूलो एसियाड मानिएको छ । ४० खेल समावेश यस एसियाडमा १२ हजार चार सय १७ खेलाडीको सहभागिता रहेको थियो । १६ दिनसम्म चलेको एसियाडलाई शब्य र भब्य बनाउन चीनले कुनै कसर बाँकी राखेन । चीनले तेस्रो पटक एसियाड आयोजना गरेको हो । चीनले यसअघि सन् १९९० र २०१० मा एसियाड आयोजना गरेको थियो ।

चीनलाई सर्वाधिक २०१ स्वर्ण
चीनले एसियाडको एउटै संस्करणमा २०१ स्वर्ण जित्दै सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान समेत बनाएको छ । यसअघि सन् २०१० मा आफैंले आयोजना गरेको ग्वाङझाउ एसियाडमा १९९ स्वर्ण जितेको चीनले यस संस्करणमा उल्लेख्य सुधार गरेको हो ।

चीन सर्वाधिक २०१ स्वर्ण, १११ रजत र ७१ कांस्यहसित कूल ३८३ पदकका साथ तालिकाको शीर्षस्थानमा रह्यो । दोस्रो स्थानमा रहेको जापानले ५२ स्वर्ण ६७ रजत र ६९ कांस्यसहित कूल १८८ पदक जित्यो । दक्षिण कोरिया ४२ स्वर्ण ५९ रजत र ८९ कांस्यसहित कूल १९० पदकका साथ तेस्रो भयो । चौथो भएको भारतले पनि इतिहासकै सर्वाधिक २८ स्वर्ण जित्यो । भारतले ३८ रजत ४१ कांस्यसहित कूल १०७ पदक जितेको छ ।

नेपाल पदक तालिकामा ३३ औँ
नेपाल यस पटक कराँतेमा ऐतिहासिक एक रजत र महिला कबड्डीमा एक कांस्य जितेर कूल दुई पदकका साथ तालिकाको ३३औं स्थानमा रह्यो । नेपालका लागि एरिका गुरुङले कराँतेमा रजत दिलाउनुभएको हो । यस पटक एसियाडमा सहभागी ४५ देशमध्ये ४१ दशेले पदक जिते । साउथ एसियाली देश भुटान र माल्दिभ्ससँगै यमन र टिमोर लिस्टेले पदकको खाता खोल्न सकेनन् ।

तपाईको प्रतिक्रिया