Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – करातेकी एरिका गुरुङले एशियाली खेलकुदमा नेपालको अन्तिम खेल भएको दिन ऐतिहासिक रजत पदक प्राप्त गरेकी छिन् । एशियाली खेलकुद प्रतियोगिताको १९औँ संस्करण अन्तर्गत शनिवार भएको खेलमा ६८ केजी तौल समूहमा गुरुङले सेमीफाइनलमा हङ्गकङकी यान काई होलाई ८-४ ले हराउँदै रजत पदक पक्का गरेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्वर्ण पदकको लागि भएको फाइनल प्रतिस्पर्धामा भने उनी काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३-० ले पराजित हुन पुगिन् । करातेतर्फ नेपालले जितेको यो पहिलो रजत पदक हो । यसअघि नेपालले सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडीङ टोलीले रजत पदक जितेको थियो ।

एरिकाको रजतसँगै जारी एशियाली खेलकुदमा नेपाल दुई वटा पदक लिएर घर फर्किने भएको छ । यसअघि महिला कबड्डिले पदकको श्रीगणेश गरेको थियो । जित पछि एरिकाले भनिन्, ‘यो पदक म देशको लागि समर्पण गर्न चाहन्छु ।’

तपाईको प्रतिक्रिया