Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

समाचार सुन्नुहोस् :

काठमाडौँ – चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तरगत पुरुष क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध खेलिरहेको छ । नेपालका लागि कुशल मल्लले ३४ बलमा मै शतक बनाएका छन् । टी-२० क्रिकेटमा उनकाे यो विश्व कीर्तिमान हाे ।

१९औं एशियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा मङ्गोलिया विरुद्धको खेलमा बायाँ हाते ब्याटर कुशलले ३४ बलमा शतक बनाएका हुन्। उनले २९७ को स्ट्राइक रेटमा ३४ बलमा १०१ रन बनाएका हुन्। यसअघि टी ट्वेन्टी अन्तर्राष्ट्रियमा दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेकरिपब्लिकका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक प्रहार गर्दै कीर्तिमान रचेका थिए।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्स विरुद्ध खेल्नेछ। यो समूहमा शीर्षस्थानमा रहन सके नेपाल क्वार्टरफाइनल प्रवेश गर्नेछ। क्वार्टरफाइनलमा भने नेपालले भारत, बाङ्लादेश, पाकिस्तान, श्रीलङ्का र अफगानिस्तानमध्ये एउटा टोलीसँग खेल्ने छ। पाँच वटै देशले एकदिवसीय विश्वकप प्रतियोगिताका कारण आफ्नो दोस्रो टोली एशियाली खेलकुदमा सहभागिताका लागि पठाएका छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया