Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – जहाजभित्र पसल सञ्चालन गरेवापत अन्तर्राष्ट्रिय उडान गर्दै आएको निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले सात महिनामा साढे दुई करोड आम्दानी गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको प्रतिवेदन अनुसार हिमालयले गत डिसेम्बरदेखि मे महिनासम्म सो कामबाट दुई करोड ५० लाख ६५ हजार ९२१ रूपैयाँ आम्दानी गरिसकेको छ ।

एयरलाइन्सले स्वीकृत कार्यविधिमा उल्लिखित सबै प्रक्रिया पूरा गरी पेस गरेको निवेदन बमोजिम मन्त्रालयबाट २०७९ असोज २६ गते अन बोर्ड ड्युटी पेड स्टोर सञ्चालनको अनुमति प्राप्त गरी सेवा सुचारु गरिरहेको छ ।

सेवा सञ्चालनको त्रैमासिक प्रगति विवरणअनुसार प्याक्ड स्न्याक्स, ननअल्कोहलिक पेय पदार्थ र अल्कोहलिक पेय पदार्थको कुल बिक्रीबाट डिसेम्बरमा ३८ लाख ७२ हजार २ सय रुपैयाँ, जनवरीमा १५ लाख ७ हजार ९३० रुपैयाँ, फरवरीमा ३४ लाख ३७ हजार ९५५ रुपैयाँ, मार्चमा ३५ लाख ९३ हजार ३४९ रुपैयाँ, अप्रिलमा ३६ लाख ५८ हजार ८५० रुपैयाँ, मे महिनामा ३७ लाख १२ हजार १५ रुपैयाँ र जुनमा ३२ लाख ८३ हजार ६२२ रुपैयाँ आम्दानी गरेको छ ।

यसरी एयरलाइन्सले अन बोर्ड ड्युटी पेड स्टोर सञ्चालनमार्फत् वस्तु सेवा बिक्री बापत हालसम्म ‍२ करोड ५० लाख ६५ हजार ९२१ रुपैयाँ कुल आम्दानी गरेको विवरणबाट देखिन्छ । एयरलाइन्सले बंगलादेश, चीन, मलेसिया, कतार, कुवेत, साउदी अरब, दुबाईमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

अर्कोतर्फ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भने मन्त्रालयबाट स्वीकृति लिइसकेपनि सेवा सुरु गर्न सकिरहेको छैन । निगमले यो सेवा सञ्चालनका लागि २०८० साउन ३ गते अनुमति प्राप्त गरेसँगै मन्त्रालयबाट अन बोर्ड ड्युटी पेड स्टोर सञ्चालन गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या दुईवटा पुगेको थियो ।तर पसल सञ्चालनका लागि निगमले स्वीकृति लिएपनि सुरु गरिसकेको छैन ।

तपाईको प्रतिक्रिया