Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – भारतले एसिया कपको उपाधि जितेको छ । फाइनल खेलमा श्रीलंकाले दिएको ५१ रनको लक्ष्य पछाएको भारतले ६.१ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गर्दै एसिया कपको उपाधि जितेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

भारतका लागि शुभमन गिलले अविजित २७ रन बनाए भने इशान किशनले २३ रन बनाए ।

यसअघि कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा फाइनल खेलमा भारतविरुद्ध टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंका १५.२ ओभरमा अल आउट हुँदै ५० रन मात्र बनाएको थियो ।

श्रीलंकाका एकदिवसीय अन्तर्राष्ट्रिय खेलको इतिहासमा यो दोस्रो कम टोटल हो । यस अघि श्रीलंका २०१२ मा दक्षिण अफ्रिकाविरुद्ध ४३ रनमा अल आउट भएको थियो ।

यस खेलमा श्रीलंकाका कुसल मेन्डीसले १७ तथा दुशान हेमान्थाले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यस्तै श्रीलंकाको ब्याटिंग लाइन ध्वस्त बनाउन भारतीय बलर मोहमद सिराजले सर्बाधिक ६ विकेट लिए । सिराजले ७ ओभरमा एक मेडनसहित २१ रन दिएर ६ विकेट लिएका थिए त्यस्तै हार्दिक पाण्डेयले २.२ ओभरमा ३ रन दिएर ३ विकेट लिएका थिए । त्यसैगरी हार्दिक पाण्डेयले ३ तथा जसप्रित बुमराहले एक विकेट लिएका थिए ।

योसंगै भारतले आठौँ पटक एसिया कपको उपाधि जितेको छ । भारतले यसअघि ७ एकदिवसीय र एक टी-२० एसिया कपको उपाधि जितेको थियो । भारतले २०१६ मा टी-२० फर्म्याटको एसिया कप जितेको थियो भने १९८४, १९८८, १९९०-९१, १९९५, २०१० र २०१८ मा एकदिवसीय फर्म्याटको एसिया कप जितेको थियो ।

तपाईको प्रतिक्रिया