Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

समाचार सुन्नुहोस् :

काठमाडौँ – एसियाकप क्रिकेटअन्तर्गत सुपर-४ को अन्तिम खेलमा शुक्रबार भारत र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको फाइनल पुगिसकेको भारत र प्रतियोगिताबाट बाहिरिसकेको बंगलादेशबिचको खेल प्रतिष्ठाका रुपमा मात्र रहने छ।

प्रतियोगितामा आफ्नो रवाफिलो उपस्थिति देखाइरहेको भारत लगातार चौंथो जितको प्रयासमा बंगलादेशविरुद्ध मैदान उत्रिँदै छ। भारतको पहिलो खेल पाकिस्तानसँग बिनानतिजा टुंगिँदा त्यसपछि नेपाल, पाकिस्तान र श्रीलंकालाई हराएको छ। बंगलादेश भने एसियाकपको सुपर-४ मा पहिलो जितको प्रयासमा रहेको छ।

भारत र बंगलादेशबीच अहिलेसम्म कूल ३९ एकदिवसीय खेल भएका छन्। जसमा भारतले ३१ र बंगलादेशले ७ खेलमा जित निकालेको छ। १ खेल नतिजाविहीन भएको छ।एकदिवसीय फर्म्याटमा दुवै टिमले पछिल्लो पटक २०२२ को सेप्टेम्बरमा प्रतिस्पर्धा गरेका थिए। तीन खेलको उक्त सिरिज बंगलादेशले २-१ ले जितेको थियो।

भारत र बंगलादेशबीचको खेलमा समेत वर्षाको सम्भावना रहेको छ। कोलम्बोमा ८८ प्रतिशत बर्षाको सम्भावना रहेको श्रीलंकाको मौसम विज्ञान विभागले जनाएको छ। प्रतियोगिताको मौसम २५ देखि ३२ डिग्रिसम्म रहने छ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया