Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

अछाम/बाजुरा – प्रजनन तथा प्रसूति स्वास्थ्य शिक्षा र उचित परामर्श नहुँदा एक महिलाले बाटैमा बच्चा जन्माउनुभएको छ । बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका-१, काँडा जमालगाउँकी ३२ वर्षीया उज्जली सुनारले बच्चा जन्माएको परिस्थिति र परिवेश कहालीलाग्दो छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

घर फर्किने क्रममा बाजुराको बुढीगङ्गा नगरपालिका-१० को सडकमा बच्चाको टाउको बाहिर निस्केर महिला छटपटिएको देखेपछि आफूले आवश्यक कुनै सामग्रीबिना नै जन्मन नसकेर अड्केको बच्चालाई सडकमै निकालेको अनमी सिर्जना सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यालयतर्फ जाँदै थिएँ, महिला छटपटिरहेको देखेँ । हेर्दा त सुत्केरी हुन लागेको अवस्था रहेछ, स्वास्थ्यकर्मी नभएको भए आमा वा बच्चामध्ये एक नरहने अवस्था थियो, धन्न दुवै बँचे। उहाँले छोरीलाई जन्म दिनुभएको हो ।’

बाटैमा छोरीको जन्म भएपछि स्थानीय सेलापाखा स्वास्थ्य एकाइमा राखिएको र हाल दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । ‘कतै रक्तस्राव भएमा वा केही अप्ठ्यारो होला कि भनेर म पनि यतै बसेकी छु,’ अनमी सार्कीले बताउनुभयो ।

बाजुरा घर भए पनि उहाँका लागि नजिकको स्वास्थ्य केन्द्र अछामको बयालपाटा अस्पताल हो । उहाँ सो अस्पताल जानुभएको त हो तर चिकित्सकले शल्यक्रिया गर्नुपर्ने अवस्था बताएपछि उहाँ डरले त्यहाँबाट भाग्नुभएको थियो। तथापि उहाँको यो पहिलो प्रसूति अवस्था भने होइन । अस्पतालबाट भाग्दै गर्दा बुढीगङ्गा नगरपालिका-१०, बदेडाको बाउनेमाणुमा बच्चा जन्माउनुभएको हो। बच्चा जन्माएको स्थानमा उहाँलाई स्याउलामाथि राखेर उपचार गरिएको थियो ।

अस्पतालमा चिकित्सकले चेकजाँच गर्दा बच्चा जन्माउने अवधि १४ दिन नाघिसकेकाले तत्काल शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने भनेपछि सुनार अस्पताललाई खबर नगरी घर फर्किनुभएको थियो । उहाँको परिवारलाई त्यसबारे कुनै जानकारी गराइएको थिएन। भदौ ११ गते सोमबार बिहान बयलपाटाबाट गाडी चढेर मालिका बजार पुगेकी सुनार त्यहाँबाट भने हिँडेरै घर जान लाग्नुभएको थियो तर अचानक बेहोस अवस्थामा नै बिहान ९ बजेतिर बुढीगङ्गा नगरपालिका-१० मा बच्चा जन्माएको खप्तड छेडेदह गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रावतले जानकारी दिनुभयो ।

खप्तड छेडेदह-१ का वडाध्यक्ष वीरबहादुर रावलले भन्नुभयो, ‘डाक्टरले शल्यक्रिया गर्नु पर्छ भनेपछि उनीहरू इन्डिया गएर उपचार गर्ने भनेर घर आउँदै गर्दा बाटैमा बच्चा जन्मिएको रहेछ ।’

बयलपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दिप पाठकले पनि त्यही कुरा बताउनुभयो, ‘उज्जलीको बच्चा पाउने डेट गइसकेको रहेछ, अप्रेसन गर्नु पर्छ भनेपछि उनीहरू यहाँबाट बिनाजानकारी नै गएका रहेछन् । सुत्केरी हुने धेरै समय गइसकेको र यसअघि छ पटक सुत्केरी भएको देखिएपछि अप्रेसन गर्नैपर्नै हुन्छ ।’

अस्पतालमा गर्भवतीलाई निःशुल्क बस्ने व्यवस्था हुँदाहुँदै पनि फर्केको दाबी गरिएको छ तर शल्यक्रियाबारे उचित परामर्श नदिइएको बारे भने स्पष्ट उल्लेख छैन । सुत्केरी हुने अवधि नाघेपछि शल्यक्रिया गर्नुपर्ने डरले हाल भारतमा रहेका श्रीमान्सँग कुरा गरेर अस्पतालबाट फर्केको बताइएको छ । उज्जलीका यसअघिका तीन बच्चा घरमै छन् । दुई बच्चाको मृत्यु भएको र दुई पटक गर्भपतन गराइएको स्वास्थ्यकर्मीको भनाइ छ । दुर्गम बाजुरामा स्वास्थ्य संस्थासम्म पुग्न नसकेर बाटैमा सुत्केरी भएका धेरै घटना छन् तर अस्पतालबाट भागेर बाटैमा सुत्केरी भएको घटनाबारे भने सबै अचम्मित छन् । –गोरखापत्र दैनिकबाट

तपाईको प्रतिक्रिया