Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – क्रसएक्स २५० आर ईएफआई मोटरसाइकल नेपालमै एसेम्बल भएको छ । यसअघि इन्जिन र टायर लगायतका केही पार्ट्स मात्र एसेम्बल हुने गरेकोमा क्रसएक्स मोटरसाइकल बिक्री–वितरण गरिरहेको बाइकर्स नेपालले अब पुरै मोटरसाइकल नै एसेम्बल गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पहिले पनि नेपाली बजारमा उपलब्ध रहेको यस मोटरसाइकलको मूल्य अब भने घटेको छ । पहिले ८ लाख ९५ हजार रुपैयाँमा किनबेच भएको यसको मूल्य ५० हजार रुपैयाँ घटाएर अब ८ लाख ४५ हजार रुपैयाँमा कायम भएको हो ।

क्रसएक्स २५० आर ईएफआई मोटरसाइकलमा २४९.६ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन छ, जसले ३२ एचपीको पावर दिन्छ । साथै ६–स्पिड गियरबक्स भएको सो मोटरसाइकलको फ्रन्ट र रियरमा निसिन सिंगल डिस्क ब्रेक छ ।

३६१ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको सिटको उचाई ९२० एमएम छ भने ६.५ लिटरको इन्धन ट्यांकी छ । यसमा जीपीएस सहितको एन्टी–थेफ्ट लोकेसन ट्रयाकर, डीआरएल सहितको नयाँ एलईडी हेडल्याम्पलगायत फिचर उपलब्ध छन् ।

क्रसएक्स २५० आर ईएफआई मोटरसाइकलका लागि हेटौंडामा सीएक्समोटो इन्डष्ट्री दर्ता भएको छ, यसमा वार्षिक रुपमा ४ सय भन्दा बढी मोटरसाइकल उत्पादन गर्ने क्षमता रहेको कम्पनीको दाबी छ ।

तपाईको प्रतिक्रिया