Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौँ – सामाजिक सञ्जाल फेसबुकले मासिक तीन अर्ब सक्रिय प्रयोगकर्ताको आँकडा पार गरेको छ । बिहीबार मेटाले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनमा यस्तो तथ्याङ्क देखिएको हो । यसो त पछिल्लो समय फेसबुक युवावर्गमा त्यति लोकप्रिय छैन । जसले गर्दा कम्पनीले सक्रिय प्रयोगकर्ता भनी सार्वजनिक गरेको सङ्ख्यामा विश्लेषकहरूले आशंका व्यक्त गरेका छन् । मेटाका अन्य सामाजिक सञ्जालका प्लेटफर्महरू ह्वाट्सएप, इन्स्टाग्राम, मेसेन्जर र थ्रेड्समा कूल ३.८८ अर्ब मासिक सक्रिय प्रयोगकर्ता छन् । यो सङ्ख्या विश्वको आधा जनसङ्ख्या जति हो ।

मेटाले सार्वजनिक गरेको रिपोर्ट अनुसार फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या दुई अर्ब छ कराेड ४० लाख रहेको छ । यता गत त्रैमासिकमा फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ता दुई अर्ब तीन करोड ७० लाख थिए ।

पछिल्लो समय छोटा भिडिओ शेयर गर्ने प्लेटफर्म टिकटकको चर्चा बढेपछि मेटाले त्यससँग प्रतिस्पर्धा गर्दा फेसबुक र इन्स्टाग्राममा रिल फिचर ल्याएको थियो । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गका अनुसारमा ती प्लेटफर्मका रिल्समा दैनिक २०० अर्ब प्ले हुन्छ ।

जुकरबर्गका अनुसार हालै सार्वजनिक भएको थ्रेड्स एप पनि लाेकप्रिय भइरहेको छ । थ्रेड्स सार्वजनिक भएको पाँचौ दिनमा १० करोड प्रयोगकर्ता पाउने इतिहासकै पहिलो एप समेत भएको थियो । जुकरबर्गका अनुसार पछिल्लो त्रैमासिकमा कम्पनीको आम्दानी ११ प्रतिशतले बढेको छ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया