Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

काठमाडौं – नेपालमा रेल सेवा थप १७ किलोमिटर विस्तार भएको छ । भारतको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म चल्दै आएको रेल अब महोत्तरीको भङ्गाहा बिजलपुरासम्म चल्ने छ । आइतबार जयनगर-कुर्था-भंगहा (बिजलपुरा) रेल्वे सेवा आइतबारदेखि विधिवत् रूपमा उद्घाटन गरिएको हो ।Train 1भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सेवा विस्तारको आइतबार उद्घाटन गरेका छन् । जयनगर-जनकपुरधाम-कुर्थासम्मको ३५ किलोमिटरमा १५ महिनादेखि सञ्चालनमा हुँदै आएको रेल सेवा अब थप १७ किलोमिटरसमेत गरी ५२ किलोमिटर लामो दूरीमा सञ्चालन हुनेछ ।Train 3दोस्रो चरणको भौतिक पूर्वाधार निर्माण भइसकेपछि सेवा बिजलपुरासम्म विस्तार गरिएको रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । तर जग्गाको मुआब्जा विवादको कारण तेस्रो चरणको बिजलपुराबाट बर्दिबाससम्मको रेलवे पूर्वाधार निर्माण भने रोकिएको छ ।Train 4विस्तारित रेल सेवाको आइतबार उद्घाटन गर्दै मन्त्री ज्वालाले रेल सेवा विस्तारले नेपाल-भारतबीचमा थप सुमधुर सम्बन्ध बनेको बताए । रेल सेवा विस्तारले दुवै तर्फका जनताले प्रत्यक्ष लाभ लिने मन्त्री ज्वालाको भनाइ छ ।Train 2रेलवे कम्पनीका महाप्रबन्धक झाका अनुसार अब बिजलपुराबाट हरेक दिन बिहाने ७ः३० बजे रेल छुट्नेछ । बिजलपुराबाट छुटेको रेल कुर्था र जनकपुर हुँदै जयनगरसम्म पुग्नेछ । जयनगरदेखि जनकपुर-कुर्था-बिजलपुरा रुटमा दैनिक ६ पटक रेल गुड्ने झाको भनाइ छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया