Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं । चलचित्र बगान २९ असारबाट देशव्यापी रिलिज हुँदैछ । यो चलचित्रले काठमाडौंमा एक समारोहबीच ट्रेलर रिलिज गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सो कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरले यो चलचित्रको कथाका केही भाग आफ्नो जीवनसँग मिल्ने बताएकी छिन् । आफु अभिनेत्री भएर लामो समय चलचित्रमा काम गरेपछि करिश्माले पढाईलाई पनि अघि लैजानु पर्ने महसुस गरिन् । सोही कारण उनले ७ वर्ष अघि कक्षा ७ बाट पढाई सुरु गरिन र अहिले स्नातक प्रथम वर्षमा अध्ययन गरिरहेकी छिन् ।

पढाई सम्बन्धि चलचित्र बगानमा पनि आफ्नो यस्तो प्रकारको भूमिका भएको उनले बताएकी छिन्,‘बास्तविक जीवनमा पनि मैले ४० वर्ष काटेपछि स्कुलबाट माविको कक्षा सुरु गरेँ र अहिले व्याचरल पढ्दैछु । यस्तै चलचित्र बगानमा पनि छोरी हुकाउँदै गर्दा आफ्नो पढाईलाई अघि बढाएँ र छोरी हुर्काईसकेपछि आफ्नो पढाई पनि सम्पन्न गरेको छु ।’ एकल महिलाले अध्ययनलाई पनि अघि बढाएर आफुलाई अध्ययनमा सक्षम बनाउन सक्छन भन्ने सन्देश यो चलचित्रले दिने उनले बताएकी छिन् ।

जीवनमा धेरै फिल्म खेलेर पनि अहिलेसम्म अवार्ड हाँसिल नगरेकी यी अभिनेत्रीले चलचित्र बगानमा आफ्नो उत्कृष्ट भूमिका भएको र यसबाट अवार्ड समेत हाँसिल गर्न सक्ने विश्वास व्यक्त गरेकी छिन् । सिनेमामा आमा भए पनि आफु नायिकाको रुपमा मुख्य भूमिकामा रहेको यी अभिनेत्रीको कथन छ । चलचित्रमा एकल महिलाले पनि फेरी विवाह गरेर नयाँ जीवन विताउन सक्छन भन्ने सन्देश आफुले दिएको पनि उनले बताएकी छिन् । यसमा उनले अभिनेता सरोज खनालको जोडी भएर काम गरेकी छिन् । सरोजले यो फिल्म निर्देशन गरेको र सरोजको पहिलो निर्देशन निकै राम्रो भएको करिश्माको कथन छ । बगानका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् ।

यो चलचित्रमा करिश्मा र सरोजसँगै आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रबाट अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेकी हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

सोही समारोहमा ६ जना एकल आमालाई सम्मान गरियो । समारोहमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, पूर्व बागमती प्रदेश प्रमु तथा माइती नेपालकी अध्यक्ष एंव सिएनएन हिरो अनुराधा कोइराला, कोशी प्रदेशसभा सदस्य मीना श्रेष्ठ, वरिष्ठ पत्रकार बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमल कुमारी केसी र अभिनेत्री पुजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान गरिएको हो ।

तपाईको प्रतिक्रिया