Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – लामो समयदेखि घाटा बेहोरिरहेको नेपाल आयल निगम (एनओसी) नाफामा गएको छ । पछिल्ला केही वर्ष घाटामा रहेको निगम अहिले सुधारको बाटोमा लम्केको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

निगम गत आर्थिक वर्षसम्म ४९ अर्ब रुपैयाँ घाटामा रहेको भए पनि अहिले भने त्यो घाटा कम हुँदै गइरहेको छ । ९ महिनाअघि भारतीय आयल कर्पोरेसन (आईओसी)लाई नेपाल आयल निगमले तिर्नुपर्ने बक्यौता रकम २३ अर्ब ६० करोड थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गए पनि सोअनुसार नेपालमा मूल्य समायोजन नगरी, उपभोक्तालाई मूल्यमा भार पारेर नाफा कमाउँदै गएको निगमले अन्ततः ९ महिनामै आईओसीको सबै बक्यौता चुक्ता गरेको छ ।

अहिले निगमले उपभोक्तालाई बेचिरहेको पेट्रोलबाट लिटरमै १२ रुपैयाँ, डिजेलमा १३ रुपैयाँ, मट्टितेलमा २७ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ३७ र बाह्य इन्धनमा प्रतिलिटर ५७ रुपैयाँ नाफा लिइरहेको छ । खाना पकाउने ग्यासमा समेत निगम प्रतिसिलिण्डर ७ रुपैयाँ नाफामा छ ।

समग्रमा पछिल्लोपटक निर्धारण गरेको इन्धनको मूल्यअनुसार उसलाई १५ दिनमा १ अर्ब ११ करोड रुपैयाँ नाफा छ । यसरी हेर्दा निगमले एक महिनामा करिब सवा २ अर्ब रुपैयाँ नाफा कमाउँछ । यसअघि आईओसीको ‘बक्यौता’लाई कारण देखाउँदै नेपालमा मूल्य नघटाएको निगमले अब कहिले घटाउँछ मूल्य ? मूल्य घटाउने गृहकार्य भइरहेको निगमका प्रवक्ता मनोज ठाकुर बताउँछन् ।

इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गर्नुपर्ने पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले बताए । ‘इन्धनको मूल्य निर्धारणमा स्वचालित प्रणाली वैज्ञानिक हुन्छ,’ ओझाले भने, ‘यसको कार्यान्वयनमा जान हिचकिचाउनुहुँदैन ।’ स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने भएकाले प्रयोगमा ल्याउनु आवश्यक रहेको ओझाको भनाई छ ।

तपाईको प्रतिक्रिया