Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – खाना पकाउने एलपिजी ग्यासको मूल्य भारतबाट घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नयाँ मूल्य सूचीमा प्रतिसिलिन्डर एक सय ६१ रूपैयाँ घटाएर पठाएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नयाँ मूल्यसँगै ग्यासमा भइरहेको घाटाबाट मुक्त भएको नेपाल आयल निगमले जनाएको छ । यसअघिसम्म निगमलाई ग्यासमा प्रतिसिलिन्डर एक सय ६० रूपैयाँ घाटा थियो। आइओसीले पेट्रोल र मट्टीतेलमा पनि क्रमशः प्रतिलिटर १४ पैसा र प्रतिलिटर ५ पैसा घटाएर पठाएको छ । डिजेलमा प्रतिलिटर दुई रूपैयाँ १६ पैसा र हवाई इन्धनमा ५७ पैसा बढाएर पठाएको छ ।

सबै ऋण चुक्ता
निगमले आईओसीको सबै ऋण चुक्ता गरेको छ । ९ महिना अघिसम्म २० अर्बभन्दा बढी बक्यौता रहेको निगमले क्रमशः नाफाबाट सबै चुक्ता गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै जाँदा पनि निगमले नेपालमा सो अनुसार मूल्य घटाएको थिएन । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ब्याजवापत करिब १८ करोड रुपैयाँ मात्रै आईओसीलाई तिर्नुपर्ने दायित्व छ । यो रकम पनि केही समयपछि भुक्तानी हुने उनको भनाई छ ।

नेपाल आयल निगम हाल पाक्षिक (१५ दिनमा) १ अर्ब ६० करोड नाफामा गएको छ । खासगरी खाना पकाउने एलपी ग्यासको मूल्य अत्याधिक घटेर आएपछि निगमको नाफा बढेको हो । निगमलाई अब पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ, डिजेलमा १३ रुपैयाँ नाफा रहेको प्रवक्ता ठाकुरले जानकारी दिए । मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ नाफा छ । हवाई इन्धनमा आन्तरिकतर्फ ३७ र बाहृयतर्फ ५७ रुपैयाँ नाफामा छ ।

तपाईको प्रतिक्रिया