Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस् :

काठमाडौं – एलन मस्कको कम्पनी न्युरालिंकले मानिसको मस्तिष्कमा परीक्षणका लागि चिप राख्न अनुमति पाएको छ । कम्पनीले शुक्रबार अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)बाट स्वीकृति पाएको जनाएको हो । मस्तिष्कमा कम्प्युटरसँग अन्तरक्रिया गर्न सक्ने चिप राखेर पक्षघात भएका मानिसलाई हिँड्न सक्ने बनाउने गरी कम्पनीले काम गरिरहेको छ ।

कठोर खालको पक्षघात क्वाड्रिप्लेजिया भएका मानिसहरूलाई उनीहरूको कम्प्युटर र मोबाइल जन्य उपकरणहरू सोचेकै आधारमा चलाउन सक्ने चिप विकास गर्नेतर्फ न्युरालिंकले काम गरिरहेको छ ।यसअघि, सन् २०२२ को सुरुमा कम्पनीको आवेदन एफडीएले अस्वीकार गरेको थियो । गत डिसेम्बरमा एक प्रस्तुतीकरणको क्रममा मस्कले न्यूरालिंकको प्रत्यारोपणको उद्देश्य मानव मस्तिष्कलाई कम्प्युटरसँग सोझै सञ्चार गर्न सक्षम बनाउनु भएको बताएका छन् ।

सम्भावित भविष्यका सुपरइन्टेलिजेन्ट कम्प्युटरको प्रयोग गरी जन्मजात नै केही कुरामा असक्त मानिसहरुलाई मद्दत गर्ने उपकरणको विकासमा न्युरालिंकलगायतका केही अन्य कम्पनीहरुले काम गरिररहेका छन् । मस्कले एकपटक आवश्यक भएमा आफ्नै बच्चाको दिमागमा चिप प्रत्यारोपण गर्न तयार भएको बताएका थिए ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया