Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – गुफामा ५ सय दिन बिताएपछि स्पेनिस एथलेट बीट्रिज फ्लामिनी बाहिर आएका छन् । यस अवधिमा उनले बाहिरी संसारका मानिसहरुसँग कुनै किसिमको सम्पर्क गरिनन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

फ्लामिनी गुफामा प्रवेश गर्दा रुसले युक्रेनमा आक्रमण गरेको थिएन र विश्व कोभिड महामारीको चपेटामा थियो । उनको गुफामा बस्नु एक प्रयोगको हिस्सा भएको बताइएको छ । यस क्रममा वैज्ञानिकहरुले उनलाई नजिकबाट हेरिरहेका थिए । गुफाबाट बाहिर आएपछि उनले भनिन्, ‘म अहिले पनि नोभेम्बर २१, २०२१ मा फसेकी छु । त्यसपछि संसारमा के भयो, मलाई थाहा छैन ।’

५० वर्षीय फ्लामिनी गुफामा प्रवेश गर्दा ४८ वर्षकी थिइन् । उनले आफ्नो समय ७० मिटर गहिरो गुफामा बिताइन् । गुफामा बस्दा उनी प्रायः व्यायाम र ऊनी टोपी बुन्ने काम गर्थिन् । गुफामा उनीसँगै ६० किताब र एक हजार लिटर पानी रहेको उनको सहयोगी टोलीले जनाएको छ । उनको अनुगमन टोलीमा मनोवैज्ञानिक, अनुसन्धानकर्ता र स्पेलियोलोजिस्टहरू थिए, तर कुनै पनि विशेषज्ञले उनलाई सम्पर्क भने नगरेको बताइएको छ ।

स्पेनिस टिभी स्टेशनको फुटेजमा, उनी गुफाबाट मुस्कुराउँदै निस्किन् र आफ्नो टोलीलाई अँगालो हालेको देखिएको छ । गुफाबाट बाहिर निस्केको केही समयपछि उनले आफ्नो अनुभव बताउदै उनले यो निकै शानदार र अपराजय रहेको बताएकी थिइन् । पत्रकारसँग कुरा गर्दै उनले भनिन्, ‘म डेढ वर्षदेखि मौन बसेँ, म आफैं बाहेक अरू कसैसँग बोल्दिनथे ।’ उनले भनिन्, ‘मैले सन्तुलन गुमाएकी छु, त्यसैले समातिएको छु । मलाई नुहाउन दिनु हुन्छ, डेढ वर्षदेखि मैले पानी छोइनँ ।’

त्यसपछि पत्रकारसँग कुरा गर्दै उनले करिब दुई महिना बितिसक्दा पनि समय थाहा नभएको बताइन् । उनले भनिन्, ‘एक समय थियो जब मैले दिन गणना गर्न छोड्नुपर्यो । मलाई लाग्छ कि म १६० देखि १७० दिनसम्म गुफामा समय गणना गर्न सके ।’सबैभन्दा कठिन क्षण
सबैभन्दा कठिन क्षणको बारेमा कुरा गर्दै, फ्लामिनीले एक पटक गुफा भित्र झिंगाको आक्रमण भयो र आफु पूरै ढाकेको बताइन । उनले गुफामा धेरै पटक आफुलाई कैयौं भ्रम भएको र अनौठा आवाज सुनेको बताइन ।

उनले भनिन्- ‘जब तपाईं मौन हुनुहुन्छ, तब दिमागले आफैंमा यस्तो आवाज निकाल्ने काम गर्दछ र यसले अन्योलको अवस्था सिर्जना गर्दछ ।’ यस प्रयोगको साथ, वैज्ञानिकहरूले यस तरिकाले गुफामा एक्लै बस्ने व्यक्तिमा समयको धारणाबाट सामाजिक अलगाव र विचलनको प्रभाव के हुन्छ भनेर पत्ता लगाउन प्रयास गरिरहेको बताइएको छ ।

फ्लामिनीको सहयोगी टोलीले सबैभन्दा लामो गुफामा बस्ने विश्व कीर्तिमान तोडेको बताए पनि गिनिज बुक अफ वल्र्ड रेकर्ड्सले यस्तो कीर्तिमान गुफामा बस्ने व्यक्ति आफैले हो वा होइन भन्ने कुरा पुष्टि गर्न सकेको छैन ।

तपाईको प्रतिक्रिया