काठमाडौं – भारतको मुम्बईमा उपचार गराइरहेका नेपाली काँग्रेसका सांसद डा.चन्द्र भण्डारीको पछिल्लो स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्राप्त पछिल्लो स्वास्थ्य अपडेट अनुसार उनको अनुहारमा ७० प्रतिशत सुधार आएको छ । डा.भण्डारीको सचिवालयले डा.भण्डारी चाँडै नै स्वस्थलाभ गरेर नेपाल फर्कने उल्लेख गरेको छ ।
गत फागुनको पहिलो साता बुद्धनगरस्थित निवासमा ग्यास लिक भएर आगलागी हुँदा डा.भण्डारी तथा उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । डा.भण्डारीकी आमाको उपचारकै क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो ।
डा.भण्डारीलाई भने थप उपचारका लागि मुम्बई लगिएको थियो । मुम्बईमा झण्डै डेढ महिनाको उपचारपछि डा. भण्डारीको स्वास्थ्यमा प्रशस्त सुधार आएको हो ।
प्रकाशित मिति: शुक्रबार चैत्र २४, २०७९
प्रकाशित समय: ७:५५:११