Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

बालबालिका उर्जाले भरिएका हुन्छन् । उनीहरू आफ्नो धेरै समय खेल्न, कुद्न र रमाइलो काम गर्न रुचाउँछन् । तर कहिलेकाहीँ अभिभावकले उनीहरूको क्रियाकलापमा फरकपन देख्न सक्छन् । यस्तो फरकपन तब देखिन्छ जब बच्चा शारीरिक रूपले कमजोर बन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसरी थाहा पाउनुहाेस्
यदि तपाईंको बच्चा खेलमा रुचि नदेखाई चुपचाप बस्छ, खेल्न गए पनि छिट्टै थकान महसुस गर्न थाल्छ र उदास रहन्छ भने बच्चा शारीरिक रूपमा स्वस्थ नभएको आशंका गर्नुपर्छ । उनीहरूलाई कमजोरीले पनि त्यस्तो भएको हुन सक्छ ।

प्रायः उनीहरूमा खेल्ने र कुद्ने जोस जागँर हुन्छ । उनीहरूको मांशपेसि र हड्डी कमजोर भएको अवस्थामा पनि उनीहरूलाई खेल्न, कुद्न मन हुँदैन् । त्यसैले उनीहरू सुस्त हुने, जागँर नचलाउने, एकैठाउँमा बस्ने र सुतिरहने गर्छन् । कहिलेकाहीँ बच्चाहरू यतिसम्म थकित र कमजोरी महसुसु गर्छन् कि उनीहरुले आफ्नो दैनिकी काम पनि गर्न सक्दैनन् । यस्तो अवस्थामा बच्चालाई कमजोरी भएको थाहा पाउन आवश्यक छ ।

किन हुन्छ कमजोरी ?
बच्चाको आहार प्रोटिन, आइरन, क्याल्सियम, भिटामिन र एन्टिअक्सिडेन्टले जस्ता पौष्टिक तत्वले भरिपूर्ण हुनुपर्छ । जब यी तत्व उनीहरूको आहारमा समावेश हुँदैन्, बालबालिकामा पोषणको कमी हुन्छ र कमजोरी बढ्छ । पोषणको कमीले नै उनीहरुको हात, खट्टा कमजोर हुन थाल्छ । र उनीहरू राम्रोसँग आफूले गर्ने क्रियाकलाप गर्न सक्दैनन् ।

शरीरमा कमजोरी र थकान हुँदा उनीहरू सुस्त हुन्छन् । त्यसैले यस्तो समयमा उनीहरूको खानामा विशेष ध्यान दिन आवश्यक छ ।
यदि बच्चालाई पटक पटक ज्वरो आउछ भनेपनि उसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै शारीरिक रूपमा पनि कमजोर हुन सक्छ ।

बच्चामा कमजोरी सबैभन्दा पहिला उसको अनुहारले देखाउने गर्छ । यदि उसको अनुहार सुख्खा, ओठ फुटेको वा आँखा मुनि कालो घेरो बसेको छ भने उसलाई कमजोरी भएको हुनसक्छ । कमजोरीले उनीहरूको शारीरिक विकासलाई पनि सुस्त बनाउँछ ।

तपाईको प्रतिक्रिया