Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – धेरैजसो व्यक्तिलाई अण्डा खानुपर्छ भन्नेबारे थाहा हुन्छ तर, कम व्यक्ति मात्र अण्डाका फाइदाबारे जानकार हुन्छन् । त्यसैले अण्डाका फाइदाबारे यहाँ केही जानकारी दिन खोजिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अण्डामा प्रोटीन र एमिनो एसिड प्रशस्त मात्रामा रहेको हुन्छ । प्रोटीन र एमिनो एसिड स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । अण्डा विभिन्न प्रकारका भिटामिनको स्रोत पनि हो । यसमा भिटामिन ए,डी, ई बी टुभेल प्रशस्त मात्रामा रहेको हुन्छ । साथै अण्डाले कोषहरु बिग्रिनबाट रोक्छ र दिमागलाई पनि चालू राख्छ । गर्भवती महिलाले अण्डा खानाले गर्भमा रहेको बच्चाको विकासमा पनि सहायता पुर्‍याउँछ । धेरै मानिसलाई आइरनको समस्या हुने गरेको छ ।

यसले गर्दा थकाई लाग्ने, कमजोरी हुने, टाउको दुख्ने जस्ता समस्या आउँछन् । नियमित अण्डा खाँदा यस्तो समस्या आउँदैन । अण्डाको पहेँलो भाग जसमा फ्याट हुन्छ भनी धेरैले खाँदैनन् वास्तवमा त्यसमा एकदमै धेरै आइरन हुनाले यो खानु उपयुक्त हुन्छ । अण्डामा भएको प्रोटिन, भिटामिन र अन्य पोषक तत्वले कपाल र नङलाई बलियो बनाउन मद्दत गर्छ । दूध, दहीजस्ता डेरी उत्पादनका साथमा अण्डा खानाले हड्‍डीसम्बन्धी समस्या हटाउन मद्धत गर्छ ।

चीनमा गरेको एक अध्ययन रिपोट अनुसार दैनिक अण्डा सेवन गर्ने व्यक्तिमा मुटुसम्बन्धी समस्या कम भएको पाइएको छ । चीनको ‘हार्ट जर्नल’ मा प्रकाशित समाचार अनुसार अण्डा खाने र नखाने ४ लाख व्यक्तिलाई अध्ययनमा सामेल गराएको थियो । रिपोर्ट अनुसार दैनिक अण्डा खाने व्यक्ति अण्डा नखाने व्यक्तिको तुलनामा स्वस्थ्य भएको भेटिएको छ । सो रिपोर्टअनुसार अण्डा खाने व्यक्तिमा मृत्यु दर १८ प्रतिशत कम देखिएको छ ।

मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा हार्ट अट्याक, स्ट्रोक तथा अरु रोगको खतरा रहेको हुन्छ । पछिल्लो समय धेरैजसो व्यक्तिमा ब्लड प्रेसर, मोटोपन र ब्लड सुगरको समस्या देखिने गरेको छ । यस्ता समस्याले मुटुसम्बन्धी रोग लाग्नमा ठूलो भूमिका खेलेको हुन्छ । यसका साथै खानपानमा लापरवाही, धुमपान तथा अल्कोहलको सेवनबाट पनि मुटुसम्बन्धी रोगको खतरा बढ्न सक्छ । त्यसैले यस्ता खानेकुराबाट टाढै रही सन्तुलित खाना खाने गरौं ।

तपाईको प्रतिक्रिया