Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

प्याजका बाेक्राका फाइदाबारे कमैलाई मात्रै थाहा हुन सक्छ । तर यसमा धेरै औषधिय गुण भएको अनुसन्धानमा पाइएको छ । थुप्रै अनुसन्धानले बताए अनुसार प्याजको बोक्रा एन्टिअक्सिडेन्ट, फाइबर, भिटामिन ए, सी, इ र मुटुलाई फाइदा पुर्याउने फ्लेभोनोइड्सले भरपुर हुन्छ । प्याजको बोक्राले रोग प्रतिरोधी क्षमता विकास गर्ने, मुटुलाई स्वस्थ राख्ने र रगतमा चिनिको स्तरलाई नियन्त्रणमा राख्ने काम गर्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ब्याड कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्छ : यसका लागि प्याजको बोक्रालाई रातभरी पानीमा भिजाएर राख्नुपर्ने हुन्छ र बिहान उठेर यो पानी पिउनुपर्नेछ । यसको स्वाद तपाईंलाई पक्कै पनि मिठो लाग्दैन त्यसैले यसमा मह मिसाएर पिउन सक्नुहुन्छ । दैनिक यसको सेवनले तपाईंले केही दिनभित्रै फरक महसुस गर्नुहुनेछ ।

-छालालाई एलर्जीबाट राहत दिलाउँछ : यदि तपाईंको छालामा कुनै कुराको एलर्जी छ भने माथि बताइएका विधिबाट प्याजको बोक्राको पानी बनाउनुहोस् । अब यो पानीले दैनिक आफ्नो छाला सफा गर्नुहोस् ।

-कपाललाई सुन्दर बनाउँछ : तपाईं कपाललाई चम्किलो बनाउनका लागि विभिन्न प्रकारको कन्डिशनर प्रयोग गर्नुहुन्छ भने तपाईं प्याजको बोक्राको पानी पनि प्रयोग गरेर हेर्नुहोस् । यसले कपाललाई मुलायम र चम्किलो बनाउनेछ ।

-अनुहारको दाग धब्बा हटाउँछ : अनुहारको दाग धब्बाबाट छुटकारा पाउनका लाग प्याजको रसयुक्त बोक्राको प्रयोग गर्नुहोस् । यसका लागि प्याजको बोक्रामा बेसार मिसाएर दाग धब्बा भएको स्थानमा लगाउनुहोस् । चाँडै नै फरक देख्नुहुनेछ ।

-घाँटीको समस्यालाई ठिक गर्छ : कहिलेकाँही तपाईंको घाँटीमा समस्या देखिएको खण्डमा प्याजको बोक्रालाई तातो पानीमा उमाल्नुहोस् र त्यसपछि यो पानी पिउनुहोस् । घाँटी सम्बन्धि समस्यामा प्याजको यो अचम्मको चियाले निकै फाइदा पुर्याउँछ ।

तपाईको प्रतिक्रिया