Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौँ – फेसबुकको मातृ कम्पनी मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्ने भएको छ । गएको नोभेम्बरमा ११ हजार कर्मचारीलाई कामबाट निकालेको फेसबुकसहित इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्ने बताएको बीबीसीले जनाएको छ ।

मेटाले अहिले रिक्त रहेका पाँच हजार दरबन्दी पनि तत्काल पूर्ति नगर्ने बताएको छ । मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कर्मचारीलाई पठाएको सूचनामा सन् २०२२ मा कम्पनीको आम्दानी घटेको र अहिले स्थिति झनै खराब भएकाले कर्मचारी कटौती गर्नुपरेको बताउनुभएको छ ।

प्रमुख कार्यकारी जुकरबर्गले अमेरिकामा बढेको ब्याजदर, विश्वव्यापी भूराजनीतिक अस्थिरतालगायतका कारणले मेटाको आम्दानी घटेको बताउनुभएको बीबीसीले जनाएको छ । कम्पनीको बिग्रँदो आर्थिक स्थिति अझै लामो समय रहने देखिएकोले आवश्यक तयारी थालेको उहाँको भनाइ छ । पछिल्लो समय अमेजन, गुगल, ट्विटरलगायतका प्रविधि कम्पनीहरूले कर्मचारी कटौती गरिरहेका छन् ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया