Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – क्रिकेटर शरद भेषावकरविरुद्ध उनकी पत्नी अभिनेत्री निशा अधिकारीले अदालतमा मुद्दा दायर गरेकी छन् । निशाले जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आइतबार उक्त मुद्दामा सुनुवाई समेत भएको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले सुनुवाईपछि शरदको सम्पत्तिको फाँटबारी माग गर्न आदेश दिएको छ । शरदको सम्पत्ति विवरण प्राप्त भइसकेपछि अदालतले अंश मुद्दा टुंग्याउने छ । निशाले आफूसँगै छोराका लागि पनि अंश माग गरेकी छन् ।

केही वर्षको प्रेमपछि विवाहमा बाँधिएका यी चर्चित जोडीको सम्बन्ध ५ वर्षमै टुट्ने अवस्थामा पुगेको हो । उनीहरुले २०७४ असारमा विवाह गरेका थिए । २०७५ मा उनीहरुका एक छोरा जन्मिएका छन् । तर सन्तानका बाबुआमा भइसकेका उनीहरुको प्रेममा छोटो समयमै खटपट देखिएको हो ।

अंश मुद्दा दायर गरेकी निशाले सम्बन्ध विच्छेद गर्न भने चाहेकी छैनन् । निशाले अंश लिएर अलग बस्ने गरी मुद्दा दिएकी छन् । उनले सम्बन्ध विच्छेद गर्नका लागि सम्बन्ध विच्छेदकै मुद्दा दायर गर्नुपर्छ । सम्बन्ध विच्छेदको मुद्दा दिएको अवस्थामा भने अंशबण्डा पनि हुन्छ ।

तपाईको प्रतिक्रिया