Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – अब एन्ड्रोइड प्रयोगकर्ताले स्मार्टफोनको रङ आफूले चाहेअनुसार परिवर्तन गर्न सक्ने भएका छन् । स्पेनकाे बार्सिलोनमा जारी ‘मोबाइल वर्ल्ड कंग्रेस २०२३’ मा टेक्नो कमेलियन कलरिङ टेक्नोलोजी कम्पनीले रङ परिवर्तन गर्न सकिने एन्ड्रोइड फोन प्रर्दशनी गरेकाे हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हाल बजारमा केही निश्चित रङहरू भएका स्मार्टफोन‍ मात्र बजारमा उपलब्ध छ्न् । तर कम्पनीका अनुसार अब भने एउटै स्मार्टफोनमा १६ सयभन्दा बढी रङ परिवर्तन गरी प्रयोग गर्न सकिने छ । यसका लागि कम्पनीले स्मार्टफोनको पछाडि ‘सबमाइक्रोन प्रिज्म’ प्रयोग गर्ने बताएको छ । जसमा थिच्दा प्रकाश परावर्तन हुनेछ ।

प्रयोगकर्ताले आफू अनुकूल प्रिज्मको स्थान परिवर्तन गर्न सक्छन् । जसबाट प्रयोगकर्ताले कस्तो रङको स्मार्टफोन बनाउने भन्ने रङ तय गर्न समेत सक्ने उल्लेख छ । सो प्रिज्मबाट ५५ वर्षसम्म हरेक दिन एक सय पटक रङ परिवर्तन गर्न सकिने कम्पनीले दाबी गरेको छ । यसरी मोबाइलमा प्रयोग हुने सबमाइक्रोन प्रिज्मबाट दुई लाखभन्दा धेरै पटक रङ परिवर्तन गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै सय ओटा रङ परिवर्तन हुँदा युट्युबमा पाँच मिनेट भिडिओ हेरे बराबरको ब्याट्री खपत हुने कम्पनीले बताएको छ । यसकाे अर्थ रङ परिवर्तनले ब्याट्रीमा कुनै असर नपर्ने कम्पनीको दाबी छ ।

तपाईको प्रतिक्रिया