Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – क्यानडेली सरकारले सरकारी डिभाइसमा टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको छ । यो भन्दा अगाडि अमेरिकाले हालै मात्र सरकारी कामकाजका लागि प्रयोग हुने सबै डिभाइसहरुमा टिकटक प्रतिबन्ध गर्ने निर्णय लिएको थियो । यसको केही समय पनि नबित्दै क्यानडाले पनि यस्तो निर्णय गरेको हो । क्यानेडेली सरकारले सरकारबाट जारी भएका सम्पूर्ण मोबाइल डिभाइसमा टिकटक स्वत: रुपमा हटाउने निर्णय गरेको हो । यो नीति आउँदो मार्च १ बाट लागू हुने बताइएको छ ।

सरकारले टिकटकमा डेटा सुरक्षित नभएको र साइबर आक्रमणको सम्भावना रहेको कारण देखाउँदै सरकारी डिभाइसमा टिकटक प्रतिबन्ध गर्ने निर्णय लिएको हो । यो भन्दा अगाडि अमेरिका र युरोपेली संघले पनि सोही कारण देखाउँदै चिनियाँ एप टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

टिकटकको अभिभावक कम्पनी बाइटडान्सले आफूले चाहेको बेला प्रयोगकर्ताहरूको डेटा प्रयोग गर्न सक्ने नीति बनाएको अमेरिकी र युरोपेली राष्ट्रहरूको अनुमान छ । यो देशको लागि खतरा हुनसक्ने उनीहरूले धारणा व्यक्त गर्दै आएका छन् । टिकटकले आफूहरूले प्रयोगकर्ताको डेटा सुरक्षित राख्ने प्रतिबद्धता जनाउँदै आएपनि पश्चिमेली देशहरूले यो छोटो भिडिओको प्लेटफर्ममाथि प्रतिबन्ध लगाउन सुरु गरेको छ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया