Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

भनिन्छ स्वास्थ्य शरीरका लागि आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम। तर कसैको जीवनमा पनि यो समय तालिका ठ्याक्कै मिलेको हुँदैन। मानिस सामाजिक प्राणी हो। उसले मेसिनमा सेटिङ गरेजस्तो लगातार काम गर्न सक्दैन। कामसँगै मनोरञ्जन र आरामको आवश्यकता पर्छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जीवनमा सधैभर भनेजस्तो दैनिकी चलाउन कसैले सकेको हुँदैन। रातभर सुते पनि कुनै समयमा दिनभर पनि थकान र अल्छीपना आइरहनसक्छ। तपाईंले नचाहदा नचाहँदै पनि तपाईंको काममा प्रभावकारिता घटिराखेको हुन्छ। रातभर सुतेको भए पनि काम गर्न कार्यालय पुगेपछि निन्द्रा लाग्ने, थकित महसुस हुने भइरहेको हुन्छ। किन यस्तो हुन्छ भन्ने विषयमा आज हामीले चिकित्सकसँगको कुराकानीका आधारमा केही कारण खोजेका छौं।

शरीरमा पानीको कमी हुनु
हाम्रो शरीरमा पानीको मात्रा कम भएमा धेरै असर गर्न सक्छ। त्यसमध्ये एक प्रमुख समस्या हो थकान। यसले तापाईंलाई धेरै थकित महसुस गराउँछ। त्यसैले प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ। स्वास्थ्य शरीरका लागि पहिलो शर्त पानी हो भन्ने कुरालाई हामीले कहिल्यै बिर्सनु हुँदैन।

आइरनको कमी
रगतमा आइरनको मात्रा कम हुँदा शरीरका विभिन्न भागमा कम अक्सिजन पुग्छ। यसले तपाईंलाई थकित बनाउँछ। आइरन प्रसस्त मात्रामा पाइने गेडागुडी, अन्डा, हरियो सागसब्जी खाने बानी बसाल्नुपर्छ।

ब्रेकफास्ट
ब्रेकफास्ट शरीरको मेटाबोलिज्म चुस्त राख्न मद्दत गर्छ। बिहान हतार हतारमा ब्रेकफास्ट छाड्नुभयो भने दिनभर नै तपाईं थकित रहने सम्भावना हुन्छ। त्यसैले ब्रेकफास्टमा नियमितता दिनुपर्छ। ब्रेकफास्टलाई हल्का बनाए पनि नियमित लिनुपर्ने कुरा बिर्सनु हुँदैन।

अनियमित व्यायाम
स्वास्थ्य शरीरका लागि आरामसँगै व्यायामको आवश्यकता अनिवार्य हुन्छ। तपाईं व्यायाम गर्नुहुन्छ तर नियमित हुनुहुन्न भने त्यसले थकान महसुस हुनसक्छ। तपाईंले एक दिन व्यायाम छाड्नुभयो भने पूर्ण रुपले चुस्त स्फूर्त रहन सक्नुहुन्न। शरीरमा स्फूर्तिका लागि व्यायामलाई नियमित गर्नुपर्छ।

कामको लोड र तनाव
कामको लोड धेरै महसुस गर्नु र तनाव लिनु स्वास्थ्य शरीरका लागि हानिकारक छ। यसले तापाईंलाई फूर्तिलो रहन दिँदैन। याद रहोस् तनावले विस्तारै विस्तारै तपाईंलाई गलाइरहेको हुन्छ। तनाव व्यवस्थापन गर्न आफ्नो दैनिकीलाई अनुशासित बनाउनु आवश्यक छ।

तपाईको प्रतिक्रिया