Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौँ – ट्‍वीटरले भारतका प्रमुख शहरमा रहेका तीन मध्ये दुईवटा कार्यालय बन्द गरेको छ। राजधानी नयाँदिल्ली र व्यापारिक शहर मुम्बईमा रहेका कार्यालय ट्वीटरले बन्द गरेको हो।ट्‍वीटरको अब भारतका लागि बेंगलुरुमा एउटा कार्यालय मात्रै रहेनछ। जुन अमेरिकी मुख्यालय मातहत रहनेछ। ट्‍वीटरको इन्डियन टिममा अब तीन जना मात्रै कर्मचारी रहने भएका छन्। इलन मस्कले कम्पनी किनेपछि भारतमा रहेका ट्‍वीटरका करिब २ सय जना कर्मचारीलाई गत नोभेम्बरमै निकालेका थिए। ट्‍वीटरको कारोबारको वित्तीय स्वास्थ्य सुधारका लागि भन्दै मस्कले संसारका विभिन्न मुलुकमा रहेका आफ्ना कार्यालयका थुप्रै कर्मचारीलाई कामबाट बिदा दिइसकेका छन्।

ट्‍वीटरको भारतीय कार्यालयमा रहेका तीनजना कर्मचारीमध्ये एकजना ‘कन्ट्री लिडर’ छन्। बाँकी दुईमध्ये एकलाई उत्तर-पूर्वी भारत र अर्कालाई दक्षिण-पश्चिम क्षेत्रको जिम्मेवारी दिइएको छ। बेंगलुरु कार्यालयका कर्मचारीले सोझै अमेरिकामा ‘रिपोर्ट’ गर्नेछन्, उनीहरु ट्वीटरको टिम इन्डिया अन्तर्गत छैनन्।

चालु आर्थिक वर्ष २०२३ को अन्त्यसम्म मस्क ट्‍वीटरलाई आर्थिक रूपमा बलियो बनाउन चाहन्छन्। आम्दानी बढाउन उनले ‘सब्सक्रिप्सन’ प्रणालीमा परिवर्तन गरिरहेका छन्।आफैं सीइओको जिम्मेवारी लिएका मस्क ट्वीटरको कार्यकारी पद छाड्न चाहिरहेका छन्। यसका लागि केही अघि उनले आफ्नो ट्वीट पोस्टमार्फत मत सर्वेक्षण गराएका थिए।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया