Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – जापान सरकारले कीर्तिपुरस्थित आँखा अस्पताललाई करिब एक करोड ८३ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । जापान सरकारको ‘ग्रान्ट असिस्टेन्स् फर ग्रास्रुट प्रोजेक्ट’ अन्तर्गत यो सहयोग प्रदान गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालका लागि जापानी राजदूत किकुता युताकाले आज कीर्तिपुरस्थित सो अस्पताल परिसरमा आयोजित कार्यक्रममा ती सामग्री हस्तान्तरण गरे । हस्तान्तरण गरिएका सामग्री रेटिना परीक्षणयन्त्रलगायतका आँखा उपचारमा प्रयोग गरिनेछ ।

सो अवसरमा राजदूत युताकाले हस्तान्तरित सामग्रीले आँखाको रोग छिटो र प्रभावकारी रुपले पत्ता लगाउन सहयोग पुग्ने आशा व्यक्त गरे ।परिवर्तित जीवनशैलीका कारण मधुमेहजन्य आँखाको समस्या धेरै मानिसमा देखिएको सन्दर्भमा त्यसको सही निदान र उपचारको खाँचो रहेको उनको भनाइ थियो ।

नेपाल नेत्रज्योति संघले २०७२ सालमास्थापना गरेको यस अस्पताल २०७४ मा कीर्तिपुर आँखा उपचार केन्द्रका रुपमा स्तरोन्नति भएको थियो ।अस्पतालले हालसम्म सात हजार जनाको आँखाको शल्यक्रिया गरिसकेको छ । साथै अस्पतालले दक्षिणकाली र चन्द्रागिरिलगायत चार वटा स्थानमा आँखा उपचार केन्द्र पनि स्थापना गरेको छ ।

तपाईको प्रतिक्रिया