Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

धनगढी
धनगढीमा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पोसियालिटी हस्पिटलले आफ्नो सेवा सुरु गरेको छ । अस्पतालले आजदेखि ईमरजेन्सी, फार्मेसी, प्रयोगशाला सहितका केही विशेषज्ञ सेवाहरु सुरु गरेको छ । बाँकी बिशेषज्ञ सेवाहरु पनि छिट्टै सञ्चालनमा ल्याइने अस्पतालका अध्यक्ष महेश जोशीले जानकारी दिए ।

२५ शैय्याको अस्पतालमा आईसियू, एनआईसियु, पिआईसियु, सिटि स्क्यानका साथै हाडजोर्नी तथा नशारोग विशेषज्ञ, फिजियोथेरापी विशेषज्ञ, जनरल तथा दुरविन प्रविधिबाट सर्जरी विशेषज्ञ, मेरुदण्डको जटिल शल्यक्रिया बिशेषज्ञ, जनरल मेडिसिन (पेट, छाती, मुटु, सुगर, प्रेसर) विशेषज्ञ, नाक, कान, घाटी रोग विशेषज्ञ, रेडियोलोजिष्ट, किड्नी रोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, युरोलोजी लगायतका विशेषज्ञ सेवाहरुहरु सञ्चालनमा आएका छन् । यसका साथै यसक्षेत्रमा नभएका मुटु र क्यान्सर रोगका साथै टेष्ट ट्युव वेबी र प्लाष्टिक सर्जरी सेवालाई धनगढीमा ल्याएको अस्पतालले यी सेवाहरु पनि सञ्चालनको तयारीमा रहेको जनाएको छ ।

मुटुरोग र क्यान्सर रोग सम्बन्धीको विशेषज्ञ सेवा र जटिल प्रकृतिका शल्यक्रियाका लागि अन्यत्र जानुपर्ने बाध्यता रहदै आएकोमा अब यी सेवाहरु पनि धनगढीमै पाइने र ती सेवाहरु सुचारु गर्नका लागि काम भइरहेको अस्पतालका अध्यक्ष जोशीले बताए । अस्पतालमा दुर्घटनामा घाइतेकाे सहज उपचारका लागि ट्रमा इमरजेन्सी कक्ष बनाईएको छ । जुन कक्षभित्र नै अलग्गै शल्यक्रिया कक्ष, आईसियु र भेन्टिलेटरको व्यवस्था गरिएको छ । यो सेवा पनि सुरु हुने अवस्थामा पुगेको छ ।

ट्रमा इमरजेन्सी कक्ष सञ्चालनमा आएपछि दुर्घटनामा घाइतेले अकालमै ज्यान गुमाउने अवस्था र थप उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । मुटु र क्यान्सर रोगको मात्रै होइन प्लाष्टिक सर्जरी, टेष्ट ट्युव बेबी सहितका अन्य सबै विशेषज्ञ सेवा सहित अस्पताल सञ्चालनको योजना अनुसार हाललाई केही विशेषज्ञ सेवाबाट सुरुवात गरिएको र क्रमशः सबै विशेषज्ञ सेवा थपिदै लैजाने जोशीले बताए ।

अस्पतालमा मुटुको भल्भ बन्द भएको पत्ता लगाउने एबीपि, टिएमटी हल्टर सेवा, स्तनको क्यान्सरको रोग पत्ता लगाउने म्यामोग्राम सेवा, दाँतको अत्याधुनिक एक्सरे (ओपीजी) सेवा, टेष्ट ट्युब बेबी-आईभिएफ तथा अंकोलोजी सेवा पनि दिनेछ । जसबाट यहाँका विरामीहरु लाभान्वित हुने अपेक्षा अस्पतालले राखेको छ । ती उपचार सेवा पाउनका लागि पनि महँगो शुल्क तिर्नु नपर्ने स्वस्तिक कार्डियो एण्ड मल्टिस्पोसियालिटी हस्पिटलका अध्यक्ष महेश जोशीले बताए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया