Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । यसअघि परीक्षणका रूपमा लागू भएको एमडीएमएसको सम्पूर्ण प्राविधिक तयारी सकिएको प्राधिकरणले जानकारी दिएको छ ।

अब एमडीएमएसमार्फत मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यविस्थत गर्न चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ ब्लकिङ गर्न सकिने प्राधिकरणको भनाइ छ ।

साथै एक सूचना जारी गर्दै प्राधिकरणले विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भदाैभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरूको १५ डिजिटको आईईएमइ नम्बर सहितको भन्सार घोषणा गरी भन्सार ऐन २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिई प्रणालीमा अद्यावधिक गर्न अनुरोध गरेको छ । नियमअनुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट मिति २०७९ पुस १५ देखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनका समेत रोक लगाइने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापन सहित राहदानी नागरिकता राष्ट्रिय परिचयत्रका आधारमा यो वेबसाइटमा गई दर्ता गर्न अनुरोध गरिएको छ ।

साथै प्राधिकरणले नेपालभित्रै मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएसमा दर्ता भए/नभएको यकिन गर्न सकिने हुँदा सोही अनुसार यकिन गरेर मात्र खरिद गर्न आग्रह गरेको छ । त्यस्तै मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको पूर्ण रूपमा स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न मोबाइल आयातकर्ता बिक्रेतालाई सचेत गराइएको छ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया