Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

टोकियो – नेपालमा फुटवल खेलको समग्र विकासमा सघाउ पुर्‍याउने र गुणस्तरिय फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले एचएसबी कम्पनी जापान र बीजी फुटवल एकेडेमी नेपालबीच प्रायोजन सहयोग सम्बन्धि समझदारी भएको छ ।

मंगलवार साँझ टोकियोमा आयोजित एक समारोहमा दुई संस्थाबीच प्रायोजन सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा जापानमा समेत फुटबल प्रशिक्षकको रूपमा निरन्तर क्रियाशील बसन्त गौचनले नेपालको पोखरामा सञ्चालनमा ल्याएको बिजी फुटवल एकेडेमीलाई सुरुमा ३ वर्षका लागि हरेक वर्ष प्रायोजन स्वरुप आर्थिक सहयोग गर्ने र उक्त एकेडेमीमा फुटबल सिक्न आउने २ जना विपन्न खेलाडीको ब्ययभार बहन गर्ने गरी आपसी समझदारी गरिएको एचएसबी जापानका अध्यक्ष बिनोद शेरचनले जानकारी दिनुभयो ।

कार्यक्रममा एकेडेमीको पृष्ठभूमि, एकेडेमीको भावी कार्ययोजना र समझदारी भएका बिषयवस्तुका बारेमा बिस्तृतमा प्रकाश पार्दै बिजी फुटवल एकेडेमीका अध्यक्ष गौचनले जापानवासी नेपालीहरुले देखाएको फुटबल खेलप्रतिको उच्च मोहकै कारण प्राप्त सहयोग र समर्थनले गर्दा निरन्तर आफुलाई ब्यवसायिकरुपमै फुटबल क्षेत्रमा लाग्न प्रेरित गरेको बताउनुभयो ।

कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष शिबप्रसाद पौडेल, नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली, एनआरएनए एशिया प्याशिफिकका उपसंयोजक ददिवल खड्का, नेपाल पत्रकार महासंघका अध्यक्ष शान्त पहरी, महासंघका संस्थापक अध्यक्ष तिलक मल्ल, महासंघका सचिव राजन गौतम, नेपाल जापान चेम्बर अफ कमर्श जापान शाखाका अध्यक्ष डा. बलराम श्रेष्ठ, थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धी गौचन, तमु धीं जापानका अध्यक्ष रमेश गुरुङ, पूर्व राष्ट्रिय भलिवल खेलाडी श्री गुरुङ, दोलखा समाज जापानका अध्यक्ष महेश खड्का, एनपिओ फुटवल प्रोजेक्टका वरिष्ठ उपाध्यक्ष ओम प्रकाश तुलाचन, समाजसेवी शरद गौचन लगायतका नेपाली समुदायका जिम्मेवार अगुवाहरुको उपस्थिति रहेको थियो ।

पत्रकार गणेश खनियाले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा एचएसबी जापानका अध्यक्ष बिनोद शेरचनले सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

बिजी फुटबल एकेडेमीका अध्यक्ष गौचन जापानको एक प्रतिष्ठित फुटबल क्लव ‘फन रुट्स’ मा आबद्ध भई प्रशिक्षकका रुपमा कार्यरत हुनुहुन्छ ।

स्मरणरहोस्, गौचनले आजभन्दा ५, ७ वर्ष अगाडिदेखि नै आफ्ना केही खेलप्रेमी साथीहरुसंग मिलेर १२ वर्ष मुनिका नेपाली फुटबल खेलाडिहरुलाई जापान बोलाएर जुनियर सकर प्रतियोगितामा सहभागी गराउने, फुटबल खेलको माध्यमबाट नेपाल र जापानबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै जनस्तरसम्म पुर्‍याउने, फुटबल खेलको बहुआयामिक महत्व र उपादेयता बारे सर्बसाधारणमा उजागर गराउने जस्ता गतिबिधि गर्दै गराउँदै आउनुभएको छ । पछिल्ला केही वर्ष यता भने कोभिडका कारण उक्त गतिबिधि अवरुद्ध भएको र निकट भविष्यमा पुनः सुचारु गर्ने योजना रहेको गौचन बताउनुहुन्छ ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया