Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

बदलिँदो मौसममा ब्याक्टेरियाका कारण हुने रोगहरू सामान्य बन्दै गएका छन्, यस्तो अवस्थामा सावधानी अपनाउनु भएन भने बिरामी पनि हुनसक्छ । यो मौसममा ब्याक्टेरिया र भाइरल इन्फेक्सनको जोखिम निकै बढ्छ । यस्तो अवस्थामा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई रोग लाग्ने खतरा बढी हुन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरोजस्ता रोगहरू लाग्ने सम्भावना बढी हुन्छ । तर यी रोगहरूबाट बच्न आज हामी तपाईँहरूलाई केही यस्ता खानेकुराहरू बताउँदछौँ जसले तपाईँको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै बदलिँदो मौसममा तपाईँलाई स्वस्थ राख्छ ।

लसुन र अदुवाको सेवन
यस सिजनमा लसुन र अदुवाको दैनिक प्रयोग गर्दा रुघाखोकी र अन्य रोग लाग्ने सम्भावना कम हुन्छ । अदुवा धेरै स्वादिष्ट परिकार र चिया मा प्रयोग गर्न सकिन्छ। अदुवामा एन्टी–इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुण हुन्छ जुन तपाईँको स्वास्थ्यको लागि फाइदाजनक हुन्छ। अदुवा र लसुनले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन पनि काम गर्छ।

हरियो सागसब्जी
यस मौसममा हरियो सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । हरियो सागसब्जीमा एन्टिअक्सिडेन्ट, भिटामिन, मिनरल्स र फाइबर प्रशस्त मात्रामा पाइन्छ। जसले हाम्रो प्रतिरक्षा प्रणालीलाई रोगसँग लड्न मद्दत गर्छ। प्रतिरक्षा प्रणालीलाई स्वस्थ राख्न ब्रोकाउली र पालकको नियमित सेवन गर्न सकिन्छ । यस बाहेक यी तरकारीहरूबाट राम्रो फाइदा लिनको लागि काँचो वा कमसेकम पकाएर खाँदा फाइदा हुन्छ।

बेसार
बेसारलाई भान्सामा मसलाको रूपमा प्रयोग गरिन्छ। त्यसैले हरेक घरमा सजिलै उपलब्ध हुन्छ । बेसारमा औषधीय गुण हुन्छ, त्यसैले यसलाई धेरै औषधिमा पनि प्रयोग गरिन्छ। बेसारमा पाइने कर्क्युमिन कम्पाउन्डका कारण यसको सेवनले रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउँछ ।

तपाईको प्रतिक्रिया