Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

टोकियो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको आयोजनामा नागोया साहित्य उत्सव २०२२ सम्पन्न भएको छ । शनिवार नागोयामा संस्थाका अध्यक्ष रविन शर्माको अध्यक्षता तथा जापानका लागि नेपाली राजदूत  डा। दुर्गा बहादुर सुबेदीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रम पुस्तक विमोचन कार्यक्रम, गहज मेहफिल, बहस र खुला रचना वाचन लगायतका खण्डहरूमा विभाजन गरी सम्पन्न गरिएको थियो । सुविन न्यौपाने कान्जिभाईको कविता संग्रह कमरेडको जनै र श्यामराज राईको लघुकथा संग्रह हाम्रो बाटो एकैसाथ विमोचन भएको थियो । विमोचनमा कवि सुविन न्यौपानेले आफ्नो धारणा राख्दै संग्रहबाट एउटा कविता वाचन गरे भने कथाकार म्यामराज राईले संग्रह बारेमा आफ्नो धारणा प्रस्तुत गरे ।कार्यक्रममा जापानमा बसेर गजल लेखिरहेका ६ जना गजलकारहरूको गजल मेहफिल खण्ड विशेष आकर्षणको केन्द्र बनेको थियो । मेहफिलमा गजलकारहरू दिनेशराज ज्ञवाली, गिरिजा गैह्रे, अमरदेव बास्तोला, मीनराज बास्तोला, गंगा गगन र विकास लमसलले गजल वाचन गरेका थिए ।प्रवासमा नेपाली भाषा र साहित्य विषयमा यसका विविध पाटाहरूमाथि साहित्यिक बहस गरिएको थियो । बहस खण्डमा अनेसास केन्द्रका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला, नेपाली भाषा तथा साहित्यका अध्येता जापानी नागरिक हारुहितो नोजू तथा महिला अभियन्ता सविता पन्थीलाई वक्ताका रूपमा प्रस्तुत गरिएको थियो ।कार्यक्रममा जापानमा बसेर साहित्य सिर्जना गरिरहेका सर्जकहरूबाट खुला रचना वाचन खण्डमा विविध विधाका रचनाहरू वाचन भएका थिए । जापानमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधि तथा साहित्य प्रेमीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा अनेसास केन्द्रका सचिव दीप पाठक, बिओटी सदस्य शुष्मा ओमाता, एनआरएन आइसिसि उपाध्यक्ष गोविन्द श्रेष्ठ रोविन, श्रवण सत्याल, दीपक कार्की लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै आआफ्ना धारणा व्यक्त गरेका थिए ।सोही कार्यक्रममै अनेसास जापानले आयोजना गरेको जापानव्यापी कविता प्रतियोगिताका उत्कृष्ट तीन कविलाई पुरस्कार अर्पण गरिएको थियो साथै कार्यक्रममा प्रत्यक्ष सहभागी सम्पूर्ण सर्जक, वक्ता तथा सहयोगदाताहरूलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अनेसास जापानका पूर्व अध्यक्ष विष्णु प्रसाद घिमिरेको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रम शरद पोख्रेल, अनिल कुमार निर्दोष र श्याम शीतलले सहजीकरण गरेका थिए । संस्थाका अध्यक्ष रविन शर्माले कार्यक्रम सम्पन्न गर्न भूमिका खेल्ने सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गर्दै नागोया साहित्य उत्सव २०२२ को समापन गरेका हुन् ।

तपाईको प्रतिक्रिया