Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ – पछिल्लो समय मानिसहरू गहिरो निन्द्रा पर्नबाट बञ्चित भइरहेको विभिन्न अध्ययनहरूले देखाउने गरेका छन् । यसैबीचमा गरिएको अर्को एक अध्ययनले भने गहिरो निन्द्राका लागि अचम्मको जुक्ति दिएको छ । हालै गरिएको एक अध्ययनले सुत्ने बेलामा मुखमा टेप लगाएर सुत्दा गहिरो निन्द्रा आउने बताएको छ ।

यसो गर्दा मानिसहरूले नाकबाट सास फेर्ने र गहिरो निन्द्रा पर्ने बताइएको छ । यसले घुर्ने समस्याबाट समेत राहत दिने अध्ययनले भनेको छ ।

मुख खोलेर सुत्दा सासको दुर्गन्ध, कर्कश आवाज र ओठ फुट्न सक्ने अध्ययनले भनेको छ ।

अक्स्फोर्ड युनिभर्सिटीकी एन केर्नीका अनुसार प्रयोगमा नाकबाट सास फेर्दा हावा फिल्टर हुने कुरा पत्ता लागेको थियो ।

नाकबाट मात्रै सास फेर्नाले फोक्सोलाई सक्रिय बनाउँछ। यसबाट गहिरो र पूरा सास फेर्न सकिन्छ भने शरीरलाई आराम पनि मिल्छ।

मुखमा टेप लगाएर सुत्नुका फाइदाहरू पत्ता लगाउन गरिएको एक अध्ययनले २० मध्ये १३ जनाले पहिलेको तुलनामा कम घुर्ने गरेको पाइएको छ ।

३० जनामा ​​गरिएको अर्को अनुसन्धानमा ‘स्लीप एपनिया’ (निद्रामा श्वासप्रश्वास रोकिने र निद्रा तोड्ने) भएका व्यक्तिको मुखमा टेप बाँधेर सुत्दा त्यस्ता व्यक्तिमा कम घुर्ने समस्या देखिएको छ ।

विज्ञहरूका अनुसार नाकबाट सास फेर्न गाह्रो भएमा मुखमा टेप लगाएर सुत्नु हुँदैन ।

साथै, सर्जिकल टेप जस्तै सजिलै हटाउन सकिने टेप प्रयोग गर्नुपर्छ।

पहिलो दिनमा दस मिनेट टेप लागू गर्नुहोस् र समय बढाउनुहोस्। राति मुखमा टेप लगाएर सुत्ने बानी बसेपछि मात्रै सुत्ने गर्नुपर्ने बताइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया