Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – सामाजिक सञ्जाल ट्विटरको नीलो टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने निर्णय तत्कालका लागि खारेज भएको छ । अघिल्लो हप्ता ट्विटरका मालिक एलन मस्कले गरेको निर्णय तत्कालका लागि खारेज भएको हो ।

अमेरिकामा कयौँ नक्कली ट्विटर अकाउन्टहरूले ८ डलर तिरेर निलो अर्थात् ब्ल्यू टिक प्राप्त गरेको र भेरिफाइड ती अकाउन्टबाट फेक ट्विट हुन थालेपछि ट्विटरले शुक्रवारदेखि नै शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो। मस्कले ट्विटर खरिद गर्नु अगाडि ट्विटरमा निलो टिक सेलिब्रेटी, पत्रकार तथा नेताहरुले प्राप्त गर्थे । तर नयाँ नियम लागू भएपछि ८ डलर खर्चेर जो कोहीले पनि निलो टिक लिन सक्ने भएको थियो ।

पैसा तिरेर निलो टिक लिन सकिने नियम लागू भएसँगै यसको दुरुपयोग बढेको समाचार संस्था रोयटर्सले जनाएको छ । विश्वकै धनाढ्य व्यक्ति एलन मस्कले दुई हप्ताअघि मात्रै ४४ अर्ब डलरमा सामाजिक सञ्जाल ट्विटर खरिद गर्नुभएको हो।

ट्विटरको पूर्ण स्वामित्व लिएपछि उहाँले नक्कली अकाउन्ट नियन्त्रण गर्नका लागि निलो टिकसहित प्रमाणित अर्थात् ‘भेरिफाइड’ अकाउन्ट चलाउनेले मासिक आठ डलर तिर्नुपर्ने निर्णय गर्नुभएको थियो । तर यो निर्णय व्यावहारिक नभएको भन्दै आलोचना हुँदै आएको थियो ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया