Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

हामी सबै यही सोच्छौं कि कुनै पनि खाद्यपदार्थ फ्रिजमा राख्दा ताजा रहन्छ र बासी हुँदैन । तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ ।

एक अध्ययनका अनुसार केही खाद्यपदार्थलाई फ्रिजमा राख्दा यसको रंग र स्वाद समेत फरक पर्न जाने पाइएको छ ।

१. कफी
कफीलाई फ्रिजमा राख्दा फ्रिजमा भएका अन्य चीजको वासना कफीमा पर्ने कारण कफीको स्वादमा फरक पर्नजान्छ ।

२.गोलभेँडा
फ्रिजामा निकै कम तापमान हुने गर्छ जसले गोलभँेडाको स्वाद खराब हुनजान्छ । साथै यो निकै नरम हुनजान्छ ।

३.प्याज
प्याज फ्रिजमा राख्दा ढुसी पर्ने खतरा हुन्छ । यदि प्याज काटेर फ्रिजमा राखियो भने प्याज सुक्ने हुन्छ । काटेको प्याज फ्रिजमा राख्दा यसको गन्ध अन्य खाद्यपदार्थमा समेत पर्नजान्छ ।

४.केरा
केरा फ्रिजमा राख्दा धेरै पाक्ने र नरम हुनुका साथै यसको पोषणतत्वमा समेत कम हुन्छ ।

५.मह
मह फ्रिजमा राख्दा यो निकै कडा हुने गर्छ । फ्रिजमा कम तापमान हुनेका कारण महमा क्रिस्टलाइजेशन हुने कारण चम्चाबाट झिक्न समेत गाह्रो हुन्छ ।

६.खरबुजा
खरबुजालाई कोठाको समान तापमानमा राख्नुपर्छ । यसलाई फ्रिजमा राख्दा यसको भित्रीभाग कडा हुने तथा पोषणतत्वमा समेत कमी आउँछ ।

७. लसुन
लसुनलाई पनि कोठाभित्र नै राख्दा राम्रो हुन्छ । यसलाई फ्रिजमा राखेको १२ घण्टाभित्रमा सुख्खा हुने गर्छ । एजेन्सी

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया